सात तालको बाटिका शहरमा लायन्स क्याबिनेट मिटिङको तयारी

आर्थिक आवाज
लेखनाथ ५ असार । सात तालको बाटिका शहर लेखनाथमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको चौथो क्याबिनेट मिटिङ हुने भएको छ । लायन्स क्लब अफ लेखनाथ सेभेल लेकसिटीको स्थानीय व्यवस्थापनमा असार ७ गते शनिबार क्याबिनेट मिटिङ हुनेछ ।

तालचोकस्थित शुभम पार्टी प्यालेसमा हुने क्याबिनेट मिटिङको तयारी अन्तिम चरणको पुगेको मूल आयोजक समितिका संयोजक मधुसुदन कोइरालाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । ‘१ हजार ८ सय जनाको सहभागिता हुने लक्ष्य राखेका छौं,’ उनले भने, ‘३ सय भन्दा बढी क्लबहरुको सहभागिता रहन्छ ।’

jutta mela

आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि क्याबिनेट मिटिङ सहयोगी हुने कोइरालाले बताए । ‘आपसी भाइचारा अभिवृद्धिका लागि कार्यक्रम महत्वपूर्ण हुनेछ,’ उनले भने, ‘लेखनाथ क्षेत्रको प्रवद्र्धन गर्न तथा लेखनाथलाई चिनाउन पनि कार्यक्रम सहयोगी हुनेमा हामी विश्वस्त छौं ।’ कार्यक्रमबाट २० लाख रुपैयाँ आम्दानी गरी १८ लाख रुपैयाँ खर्च हुँदा २ लाख रुपैयाँ बचत गर्ने अपेक्षा रहेको आयोजक क्लबका अध्यक्ष गणेश ढुंगानाले बताए । ‘बचत रकम सामाजिक काममा खर्च गर्छौं,’ उनले भने ।

क्याबिनेट मिटिङको तयारीका क्रममा गठित सम्पूर्ण उपसमितिले आ–आफ्नो जिम्मेवारी अनुसारको काम सम्पन्न गरिसकेको संयोजक कोइरालाले जानकारी दिए । ‘अब हामी उद्घाटनको तयारीमा छौं,’ उनले भने । क्याबिनेट मिटिङ तयारीका क्रममा २५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको थियो । जसमा २४ वटा विभिन्न उपसमिति छन् । २१ सदस्य सल्लाहकार समिति गठन गरिएको थियो ।

You might also like

Comments are closed.