पुष १३ देखि १७ गतेसम्म ‘पोखरा सडक महोत्सव’ हुँदै, तयारी तीव्र बनाइदै

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराको आयोजनामा २६ औँ ‘पोखरा सडक महोत्सव’ हुने भएको छ । अंग्रेजी नयाँ वर्षको स्वागत गर्दै पुष १३ गते देखि १७ गतेसम्म आयोजना हुन लागेको सडक महोत्सवका सन्दर्भमा सोमवार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

पोखराको लेकसाइड क्षेत्रमा विगत २५ वर्ष देखि निरन्तर रेवानको आयोजनामा भइरहेको सडक महोत्सवले पोखराको पर्यटन विकास, व्यापार, व्यवसाय बिस्तारमा महत्वपूर्ण टेवा पुर्याउँदै आएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई “अङ्ग्रेजी नयाँ बर्षको गन्तव्य स्थल” को रुपमा प्रवद्र्धन गर्न पोखराको लेकसाइडमा करिव ३ किलोमिटर क्षेत्रमा महोत्सव हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

“सडकमै खाउ, सडकमै रमाउँ” भन्ने नाराका साथ हुन गइरहेको यस महोत्सवले एउटा महत्वपूर्ण इतिहास बोकेको छ । परिवर्तित समयसँगै महोत्सवलाई पृथक र थप आकर्षक बनाउन सरोकारवालासँग सुझाव सल्लाह लिने कार्य भइरहेको छ ।

कला संस्कृति प्रवद्र्धन गर्न, स्थानीय स्तरमा उत्पादित सामग्रीलाई बजारिकरण, प्रचार–प्रसार, व्यापार बढाउन, ब्राण्डिङ गर्न तथा अवलोकन गराउने एउटै थलो पोखरा सडक महोत्सवले पर्यटक आकर्षण तथा लोपोन्मुख सामग्रीलाई संरक्षण गर्न प्लेटफर्म पनि दिदै आएको छ । सडक महोत्सव स्थानीय स्तरमा आर्थिक गतिविधि चलायमान, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना गर्न गतिलो माध्यम बनेको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए ।

पोखरामा सडक महोत्सव आयोजना गर्नुअघि अंग्रेजी नयाँवर्ष मनाउन धेरै नेपाली नागरिक पनि विदेश जाने चलन थियो । नेपालमा आकर्षक कार्यक्रम नहुँदा विदेशी पर्यटक पनि नेपाल छाडेर घर फर्कन्थे । तर, विगत २५ वर्ष देखिको निरन्तरताले अब नेपालीलाई मात्र नभएर विदेशीलाई पनि नयाँवर्ष पोखरामा मनाउने वातावरण सृजना गराएको छ । यहि महोत्सवका कारण पोखरामा आन्तरिक र बाह्य पर्यटकको आगमन निकै बढेको छ ।

महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक वेषभुषा प्रर्दशन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ बोट रेस, वेटर रेस, टग अफ वार, मःम, ससेज खाने प्रतियोगिता, सचेतनामुलक सडक नाटक, सेल्फी फोटो वुथ, पोखराको पर्यटनको विकास, प्रवद्र्धन, अवसर तथा चुनौतीको विषयमा केन्द्रिकृत गरी टक सो कार्यक्रम, पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका उपजलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था गरिने महोत्सवका संयोजक विकास भट्टराईले बताए ।

पोखराका विभिन्न साहसिक खेलकुदको डकुमेन्टी प्रदर्शनका साथै पर्यटकिय गन्तब्यको प्रवद्र्धन, महोत्सव क्षेत्रमा सञ्चालन गर्दै आएका व्यवसायीले सडक महोत्सवको अवधारणा अनुरुप सोही व्यवसाय निर्धारित पसल अगाडी ल्याई सज्जि सजावटका साथ व्यवसाय प्रवद्र्धन गरिने आयोजकले जनाएको छ ।

महोत्सवको मुख्य प्रायोजकमा गोर्खा व्रुअरी प्रालिको टुवोर्ग वियर र सह–प्रायोजकमा ज्याक ड्नियल ह्स्किी, पेप्सी, जिंक, खुकुरी रम रहेका छन् । प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र पोखरा पर्यटन परिषद रहेका छन् ।

 

lcci
You might also like

Comments are closed.