अटोमोवाइल क्षेत्रका समसामयिक विषय सम्बन्धमा छलफल

काठमाडौं । चितवनमा अटोमोवाइल क्षेत्रका समसामयिक विषयमा अन्तक्र्रिया गरिएको छ । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल, चितवन अटोमोवाइल्स एसोसिएसन र नाडा प्रादेशिक एसोसिएसनका अध्यक्षबीच बृहत अन्तक्र्रिया गरिएको हो ।

अन्तक्र्रियामा प्रमुख अतिथि नाडाका प्रदेश उपाध्यक्ष तेजनारायण साहले अटोमोवाइल व्यवसायमा हाल देखा परिरहेको समस्या र त्यसको समाधानको विषयमा सबैले आ आफ्नो ठाउँबाट लाग्नुपर्ने बताएका छन् ।

प्रदेशको संरचनालाई कसरी अगाडी बढाउने, नाडाको सदस्यतालाई डिजिटलाइज्ड गर्ने, नाडाको विधान संशोधनका सम्बन्धमा, खुल्ला वोर्डरले पारेको समस्याको सम्बन्धमा, व्यवसायीको पुरानो स्टकको समस्या, नाडाको इतिहासको सम्बन्धमा, नाडाको सदस्यता लिदा प्रदेशबाट अनिवार्य स्वीकृती लिनुपर्ने, नाडामा उठेको रकमबाट प्रदेशलाई सहयोग गर्ने सम्बन्धमा अन्तक्र्रियामा छलफल भएको छ ।

साथै सवारी साधन आयातकर्ता र डिलरबीचको समस्याका सम्बन्धमा हालको आर्थिक मन्दीले अटोमोवाइल व्यवसायमा पारेको समस्या, सेकेण्ड हयाण्ड अटोमोवाइल पार्टसको व्यवस्थापन र त्यसको बैधानिकताको सम्बन्धमा, भन्सार मूल्याङ्कनले पारेका समस्याका सम्बन्धमा र चितवन अटोमोवाइल एसोसिएसन डिलर्सले (काडा) आयोजना गरेको अटो एक्सपोको जानकारी सम्बन्धमा लगायत १४ वटा विषयमा क्रमबद्ध रुपमा छलफल गरिएको छ ।

अन्तक्र्रियामा नाडाका अध्यक्ष करण चौधरी, निवर्तमान अध्यक्ष डा. ध्रुव थापा, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्यसमिति सदस्य सुनिल रिजाल, मेघराज पौडेल, निलमणी पाठक, दिपेन्द्रकुमार मिश्रा, तोयानाथ खनाल, नारायणप्रसाद पौडेल, केदार अग्रवाल, नाडाको संस्थागत सदस्य तथा चितवन अटोमोवाइल्स एसोसिएसनकातर्फबाट अध्यक्ष कुलबहादुर क्षेत्री, नाडाका संस्थागत सदस्य तथा मोरङ्ग अटोमोवाइल डिलर्स एसोसिएसनका अध्यक्ष सञ्जयकुमार श्रेष्ठले सहभागीता जनाएका हुन् ।

चितवन अटोमोवाइल्स एसोसिएसनकातर्फबाट कृष्णप्रसाद भण्डारी, अमृत जोशी, रामशरण भट्टराई, जोगेन्द्र प्रधान, मोहन केशी, वालमुकुण्द तिवारी, विवज्ञ पिया, महेन्द्र वाग्ले, देविप्रसाद बराल, बालकृष्ण कंडेल, ज्ञानुप्रसाद न्यौपाने, राजेन्द्र भट्टराई, चिरन्जिवी अवाल, अविनाश श्रेष्ठ, किरण सापकोटा, बसन्त देवकोटा, शिवराज गिरी, कृष्णकुमार तिवारी, हेटौडा अटोमोवाइल्स एसोसिएसनबाट अध्यक्ष ऋषि ढकाल, सागर सापकोटा र दिपेन्द्र उप्रेती, चितवन अटोमोवाइल डिलर्स एसोसिएसन (काडा) का अध्यक्ष राजन पिया, इश्वरकुमार श्रेष्ठ, कमलनाथ अधिकारी लगायत सहभागी थिए ।

कार्यक्रमको मोडरेट नाडाका केन्द्रीय कार्यसमिति सदस्य सुनिल रिजालले गरेका हुन् भने कार्यक्रम सञ्चालन केन्द्रीय कार्यसमिति सदस्य अनुप बरालले गरेका थिए । यस कार्यक्रमले नाडा र नाडा प्रदेश एसोसिएसन बीचको सम्बन्ध थप सुदृढ र प्रगाढ हुदै जाने विश्वास नाडाले लिएको छ । बिगतका वर्षदेखि नै गर्दै आएको यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि सञ्चालन गर्ने नाडाले जनाएको छ ।

You might also like

Comments are closed.

Secret Link