काठमाडौंको । न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीबाट गहना खरिद गर्दा सिता भट्टराईले आईफोन १६ जितेकी छिन् । ज्वेलरीले दशैँ, तिहार तथा छठ पर्वलक्षित उपहार योजनामा एक जनाले आईफोन १६ जित्ने अफर ल्याएको थियो ।
अभियानको अवधिमा ह्वाइट फेदर्स ज्वेलरीबाट गहना खरिद गरेकी भट्टराईले आईफोन १६ जित्न सफल भएकी हुन् । ज्वेलरीले अभियान सकिएपछि भट्टराईलाई आईफोन १६ प्रदान गरिसकेको छ । २ महिनामा २ पटक ह्वाइट फेदर्स ज्वेलरीबाट गहना खरिद गर्ने ग्राहक मध्येबाट लक्की ड्रमार्फत बिजेता छनोट गरिएको ज्वेलरीका संस्थापक स्किनर रसाइलीले जानकारी दिए ।
दशैँ, तिहार तथा छठ पर्वलक्षित उपहार योजना अन्तर्गत ज्वेलरीले टूर प्याकेजको अफर पनि राखेको थियो । जसमा २ महिनामा २ दम्पत्तिले सो अफर पाएको ज्वेलरीले जनाएको छ । अफर अन्तर्गत नै २ दम्पतिले पाँचतारे होटलमा ‘वान नाइट स्टे’ पनि जितेका छन् । यस बाहेक गहना खरिद गर्नेहरु मध्येबाट लक्कीड्र गरि विभिन्न आकर्षक गिफ्ट ह्याम्पर पनि प्रदान गरिएको ज्वेलरीले जनाएको छ ।
काठमाडौंको न्युरोड खिचापोखरीमा रहेको ह्वाइट फेदर्स ज्वेलरी ७ वर्षदेखि ग्राहकहरुको सेवामा समर्पित छ । ह्वाइट फेदर्स सस्तो, सुलभ र गुणस्तरीय सुन, चाँदी तथा हिराका गरगहना पाइने गहना पसलको रुपमा चिनिन्छ । ह्वाइट फेदर्सले डिसेम्बर १२ तारिखको अवसर पारेर १२ः१२ नामको विविध अफर पनि संचालन गर्ने तयारी गरेको छ। साथै क्रिसमसमा विभिन्न नयाँ योजनाको सुरुवात गर्ने जनाएको छ ।
Comments are closed.