काठमाडौं । बर्षा बस्नेतले टीभीएस मोटोसोल २०२४को १२५सीसी स्कुटर डर्ट रेस श्रेणीमा उपाधि हात पार्न सफल बनेकी छिन् । टीभीएस मोटोसोल अन्तर्राष्ट्रिय स्तरको मोटरसाइकल महोत्सव हो । विगत ३ संस्करणदेखि चौथौँ संस्करणसम्म आइपुग्दा यसले मानिस र मेसिन विचको सम्बन्धलाई केन्द्रमा राखेर संसारभरका मोटर राइडिङ समुदायहरूलाई एकै ठाउँमा उभ्याउँदै आइरहेको छ ।
‘टीभीएस मोटोसोल, ईट्स मोर देन अ फेस्टिवल, ईट्स ए फिलिंग’ नारासहित आयोजित यो महोत्सवको चौथो संस्करण हो । महोत्सवले गोवाको भव्य वागाटोर समुद्र किनारलाई थ्रिल, रोमाञ्चकता र असीमित उत्साहले भरिदिएको आयोजकहरुको भनाइ छ ।
महोत्सवको चौथौ संस्करणले मोटरसाइकल राइडिङ, थ्रिलिङ रेसहरू, नवीनतम कस्टम मोटरसाइकल सार्वजनिक कार्यक्रम, तथा राइडिङ संस्कृतिको विविध पाटोहरूलाई उत्सवका रुपमा मनाउने अवसर प्रदान गरेको छ । विभिन्न मुलुकका मोटर राइडिङ समुदायहरूको सहभागिता रहेको यस महोत्सवले मोटर स्पोर्ट्सका नयाँ प्रतिभाहरूलाई अगाडि ल्याउने थलोको रूपमा आफूलाई स्थापित गर्र्दै गइरहेको छ ।
बर्षा बस्नेतको यो सफलताले नेपाललाई अन्तर्राष्ट्रिय मोटरस्पोर्ट्सको क्षेत्रमा झन् मजबुत रूपमा प्रस्तुत गरेको छ । टिभिएस मोटोसोलको चौथो संस्करणमा सहभागी भई, उनले आफ्नो साहस, प्रतिबद्धता र कौशल प्रदर्शन गर्दै नेपाली युवाहरूका लागि प्रेरणाको स्रोत बनेकी छिन् ।
टिभिएस मोटोसोल आगामी वर्षहरूमा पनि यस्तै रोमाञ्चक र प्रभावशाली संस्करणहरू प्रस्तुत गर्दै मोटरस्पोर्ट र मोटरसाइकल राइडिङको क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन प्रतिबद्ध रहेको आयोजकको भनाइ छ ।
Comments are closed.