नयाँ इलेक्ट्रिक कार ‘जेएमईभी जिएसई’ नेपाली बजारमा

काठमाडौं । जगदम्बा ग्रुप अन्तर्गतको शौर्य अटोमोबाइल्स प्रा.लिले नयाँ इलेक्ट्रिक गाडी जिएसई लन्च गरेको छ । सो सेडान कारको मुल्य ५३ लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ ।

कारमा ४९ किलोवाट आवरको ब्याट्री तथा ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिने दाबी गरिएको कारको ग्राउन्ड क्लिरियन्स १७० मिलिमिटर छ ।

जिएसईमा प्यानारोमिक मुनरुफ, १०.२५ र १२.३ इन्चको पानारोमिक एचडी ड्यूल स्क्रिन, ३६० डिग्री क्यामेरा, मिशेलिन टायर, सिल्भर हुक एलइडी हेडलाइट, कनेक्टेड इलेक्ट्रीक डोर ह्याण्डल, क्लोजअफ ग्रिल, एलइडी डेटाइम रनिङ लाइट जस्ता बिशेषता रहेका छन् ।

जेएमईभी सन् २०१५ मा स्थापना भएको चीनको उद्योग र सुचता प्रबिधी मन्त्रालयबाट ईभी उत्पादन योग्यताको मान्यता प्राप्त गर्ने पहिलो कम्पनी हो । हाल यो कम्पनीमा फ्रेन्च अटो निर्माता रेनोको ५० प्रतिशत हिस्सा रहेको छ । यो कम्पनीले उत्पादन गर्ने कार लक्जरी र पर्फमेन्सका लागी उत्कृष्ट मान्ने गरिन्छ ।

कार्यक्रममा बोल्दै शौर्य अटोमोबाइल्स प्रा.लि. का कार्यकारी निर्देशक अखिल गुप्ता ले भने, “JMEV GSE  कुनै साधारण गाडी मात्र होइन, यो नवपर्यावहन, विलासिता, र जिम्मेवारीको प्रतीक हो। यसको अतुलनीय विशेषताहरू र प्रदर्शनले यसलाई वास्तवमै ‘The Most Valuable Premium Sedan   को रूपमा स्थापित गरेको छ। हामी यो विश्वव्यापी EV नेपालमा ल्याउन पाउँदा उत्साहित छौं।”

“१७१ मिमी ग्राउन्ड क्लियरेन्स, ४२० किलोमिटर रेन्ज र अत्याधुनिक सुविधाहरूका साथ, JMEV GSE ले विद्युतीय सवारी साधन बजारमा नयाँ अपेक्षाहरू स्थापना गरेको छ। यो सेडान मात्र सवारी साधन होइनस यो नेपालको विद्युतीय सवारी साधनको परिदृश्यलाई परिवर्तन गर्ने गेम-चेन्जर हो, शौर्य अटोमोबाइल्स प्रा.लि.का महाप्रबन्धक अधिर कुमार श्रेष्ठले भने ।

lcci
You might also like

Comments are closed.