नमस्ते एजुकेसन २० वर्षमा प्रवेश, प्रधान कार्यालय अब चिप्लेढुंगा मानवअधिकार चोकमा

पोखरा । उच्च शिक्षा अध्ययनका लागि जापान जान चाहने विद्यार्थीलाई परामर्श लगायतका सेवा प्रदान गर्दै आइरहेको नमस्ते एजुकेसन इन्स्टिच्युटले १९औं वार्षिकोत्सव मनाएको छ । इन्स्टिच्युटले आइतबार वार्षिकोत्सव मनाएको छ ।

यसैक्रममा नमस्ते एजुकेसन इन्स्टिच्युटको पोखरास्थित प्रधान कार्यालय नयाँ ठाउँमा स्थापना भएको छ । यस अगाडि न्युरोडमा रहेको कार्यालय चिप्लेढुंगास्थित मानवअधिकार चोकमा स्थापना भएको सञ्चालक कर्ण गुरु¬ङले जानकारी दिए ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का केन्द्रीय अध्यक्ष शेषराज भट्टराई लगायतको उपस्थितिमा वार्षिकोत्सव तथा कार्यालय शुभारम्भ कार्यक्रम सम्पन्न भएको हो ।

पोखरामा प्रधान कार्यालय रहेको नमस्ते एजुकेसन इन्स्टिच्युटको शाखा कार्यालयहरु लमजुङको बेशिशहर, काठमाडौंको सितापाइला, चिटवनको पुल्चोकमा सञ्चालनमा छन् ।

जापान जान चाहने विद्यार्थी तथा अभिभावकको विश्वास जित्न सक्नु नै आफूहरुको सफलता भएको सञ्चालक गुरुङले बताए ।

You might also like

Comments are closed.