सुशीला रेग्मी
रामपुर (पाल्पा) । गृहमन्त्री रमेश लेखकले पाल्पाको रामपुर नगरपालिकामा निर्मित सहिद सुर्यप्रसाद घिमिरेको सालिक अनावरण गरेका छन् । २०४६ सालमा प्रजातन्त्र स्थापनाका लागि लड्दै गर्दा साहदत प्राप्त गरेका घिमिरेको सालिक अनावरण गर्दै गृहमन्त्री लेखकले यो सालिक लोकतन्त्रको घर बनेको बताएका छन् ।
सालिक हेरेर मात्रै बस्ने कुरा होईन यसको ईतिहास सम्झनुपर्ने बताउँदै गृहमन्त्री लेखकले नयाँ पुस्तालाई ईङ्कित गर्दै लोकतन्त्र त्यसै आएको होईन, नेपाली जनताले लडेर, साहदत प्राप्त गरेर लोकतन्त्र ल्याएको बताए । कमिकमजोरीलाई व्यवस्थापन गरेर सुधार गर्दै लैजाने उपाय भनेको लोकतन्त्र हो, एकपटक यो शालिक हेर्नुस् लोकतन्त्र त्यसै आएको होईन उनले जनाए ।
पुर्ण कदको साढे ५ फुट सहितको सालिक करिव १० लाखको लागतमा रामपुर नगरपालिका ५ स्थित बेझाड बजारमा निर्माण गरिएको छ । प्रजातन्त्रका निमित्त लड्दै गर्दा २०४६ साल फागुन ७ गते गोलि लागेर घाइते भएका घिमिरेलाई फागुन १६ गते सहिद घोषणा गरिएको थियोे ।
सहिद सुर्यप्रसाद घिमिरे स्मृति प्रतिष्ठानका अध्यक्ष तथा सहिद पुत्री एवम् रामपुर नगरपालिकाका निवर्तमान उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका उपाध्यक्ष चिरन्जीवी सिग्देलले गरेका हुन् ।
नेपाली कांग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठले सहिद सूर्यप्रसाद घिमिरेको जीवनीबारे बताउँदै स्वागत गरेका थिए । सहिद घिमिरेका धर्मपत्नी राधादेवी घिमिरेलाई गृहमन्त्री लेखकले दोसल्ला ओढाएर सम्मान गरेका छन् ।
Comments are closed.