काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लि.को छैठौं वार्षिक साधारण सभा पुस २६ गते शुक्रबार हुने भएको छ । यती इभेन्ट्स एण्ड कन्फरेन्स सेन्टर, बसुन्धरा काठमाडौंमा दिउसो एक बजे साधारणसभा आह्वान गरिएको कम्पनी सचिव रामशरण तिमल्सिनाले जानकारी दिए ।
पुस एक गते बसेको संचालक समितिको ८८ औं बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । सम्पूर्ण संस्थापक तथा सर्वसाधारण सेयरधनीलाई उपस्थितिका लागि कम्पनीले आग्रह गरेको छ ।
संचालक समितिको तर्फबाट अध्यक्षको आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०८०/०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका विवरणहरु पारित गर्ने, आ.व.२०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत प्रस्ताव माथि छलफल हुनेछ ।
संचालक समितिको बैठकबाट नियुक्त सर्वसाधारण संचालक र स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन, कम्पनीले उद्देश्य मिल्ने कम्पनीहरुलाई प्राप्ति (अक्वायर) गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने, कम्पनीको प्रबन्धपत्र र नियमावलिमा आवश्यक संसोधन गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने लगायत विषयमा पनि छलफल गरी प्रस्ताव पारित हुनेछ ।
Comments are closed.