हुन्डाईको इलेक्ट्रिक कार आयोनिक (मूल्य र विशेषतासहित)

काठमाडौं । हुन्डाईको इलेक्ट्रिक कार आयोनिकलाई गत वर्षको नाडा अटो शोमा पहिलो पटक सार्वजनिक गरिएको थियो । हाल नेपाली सडकमा पनि हुन्डाईको सो इलेक्ट्रिक कार देखिन थालेको छ ।

नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सो कार बिक्री–वितरण गरिरहेको छ । अहिले पनि सो कार यसको सोरुममा देख्न सकिन्छ । हुन्डाईको इलेक्ट्रिक कार आयोनिक मिड साइज्ड सेडान आकारको छ । उक्त कारमा २८ किलोवाट क्षमताको ब्याट्री राखिएको छ ।

यसमा भएको इलेक्ट्रिक मोटरले ८८ किलोवाट पावर र २ सय ९५ एनएम टर्क जेनेरेट गर्छ । कारलाई एकपटक फुल चार्ज गरेपछि २ सय २० देखि २ सय ५० किलोमिटर सम्म चलाउन सकिन्छ ।

कारमा ड्युअल एलईडी लाइट, सुरक्षाका लागि ७ वटा एयर ब्याग, स्टाइलिस ग्रिल, सिक्स व्रेकिङ सिस्टम उपलव्ध गराइएको छ । ५ सिट क्षमताको यो कारले सेफ्टिमा फाइभ स्टार रेटिङ सहित उत्कृष्ट नतिजा हात पारेको छ । यसको मूल्य नेपाली बजारमा ५१ लाख ९६ हजार रुपैयाँसम्म पर्ने बताइएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.