काठमाडौं । क्रिसमसलाई लक्षित गर्दै नामीले नेपालभरका ग्राहकलाई भाटभटेनी सुपर मार्केटमा रोमाञ्चक आकर्षक उपहार ल्याएको छ । डिसेम्बर २३ देखि २५ सम्म, काठमाडौं उपत्यकाका केहि भाटभटेनीमा ग्राहकले सान्ता क्लॉसलाई भेट्ने, आकर्षक उपहारहरू प्राप्त गर्ने र बिग ह्याच विथ फाइभ स्टार लक्जरी, नामीको टेस्ट ड्राइभ गर्ने मौका पाउनेछन् ।
“अ जोइफुल क्रिसमस एट भाटभटेनी विथ नामी” डिसेम्बर २३ मा सुरु भएको छ र काठमाडौं उपत्यकाभित्र भक्तपुर, कोटेश्वर, सानागाउँ र टोखाका भाटभटेनी सुपर मार्केटमा डिसेम्बर २५ सम्म चल्नेछ । डिसेम्बर २५ मा काठमाडौं उपत्यका बाहिर विस्तार भएर नेपालका प्रमुख शहरका भाटभटेनी स्थानहरू वीरगन्ज, विराटनगर, चितवन, पोखरा र बुटवलमा समेत ग्राहकले यसको अनुभव लिन पाउनेछन् ।
यसमा सहभागीले सान्ता क्लॉसलाई भेट्ने अवसरहरू र विशेष आकर्षक उपहारहरू प्राप्त गर्न पाउनेछन् । यसबाहेक ग्राहकले द बिग ह्याच नामीको टेस्ट ड्राइभ गरी यसका लक्जरियस फिचर्स् हरु आफैं अनुभव गर्न सक्नेछन् ।
Comments are closed.