काठमाडौं । नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजले नजिकिदै गरेको नयाँ वर्षको स्वागत गर्दै १.१ न्यू इयर मेगा सेलको आयोजना गर्ने भएको छ । १.१ न्यू इयर मेगा सेल यही पुस १० देखि २१ गतेसम्म चल्नेछ ।
यस मेगा सेल मार्फत नयाँ बर्षको भब्य स्वागत गर्न सकियोस् भन्ने सोँचका साथ कम्पनीले ग्राहकलाई निःशुल्क डेलिभरी, ७० प्रतिशतसम्म छुट सहितको विशेष फ्ल्याश सेल डिलहरू र रु. २ करोड बराबरको भाउचरहरू समेत उपलब्ध गराउने बताएको छ ।
दराजको १.१ न्यू इयर मेगा सेल मार्फत कम्पनीले ग्राहकका लागि खेलकुद र आउटडोर, फर्निचर र होम डेकोर, महिला लुगा र जुत्ता, अडियो र मोबाइलका सामान, स्वास्थ्य तथा सौन्दर्य सामग्री लगायत विभिन्न श्रेणीमा रु ४ हजार सम्मको छुट प्राप्त गर्न सकिने भाउचर उपलब्ध गराउने जनाएको छ ।
गुणस्तरीय उत्पादन तथा शीर्ष ब्रान्डहरूको अभूतपूर्व डिलहरू समेटिएको दराज १.१ न्यू इयर मेगा सेल, उत्कृष्ट अनलाइन किनमेल अनुभवको पर्याय बन्ने कुरामा कम्पनी विश्वस्त रहेको छ । ग्राहकले सेटाफिल, ऐविबि, ब्रान्डहाउस, एन्कर र बोल्ट लगायत दराज प्लाटिनम ब्रान्ड पार्टनरका साथै, नाइके तथा जुभारा जस्ता गोल्ड पार्टनरद्वारा उपलब्ध गरिएका विशेष छुटहरू पनि प्राप्त गर्न सक्ने जानकारी दिइएको छ ।
मेगा सेल, केवल छुटमा मात्र सिमित नभएको र यस मार्फत ग्राहकले नयाँ उत्पादनहरू, क्लियरेन्स सेल, विभिन्न ब्रान्डको हट डिल मार्फत ६० प्रतिशतसम्म छुटका साथै बजेट बाइज् अन्तर्गत रु. ६९९, रु. ९९९ र रु. १,९९९ भित्रको विशेष अफरको मज्जा समेत लिन सक्नेछन् । दराजले आफ्ना ग्राहकका लागि थप बचतको व्यवस्था गर्ने उद्देश्यका साथ नेपालका प्रमुख बैंकसँग साझेदारी पनि गरेको छ । १.१ सेलको अवधिभर ग्राहकले दराज एपमा कार्ड मार्फत भुक्तानी गर्दा थप छुटहरू प्राप्त गर्न सक्नेछन् ।
पुस ११ गते एभरेस्ट बैंकको डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत छुट (रु. ५०० सम्म) र क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत छुट (रु. ७५० सम्म), १२ गते एनएमबी बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गर्दा ग्राहकले १० प्रतिशत छुट (रु. ५०० सम्म), १३ गते हिमालयन बैंकको डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत छुट (रु. ५०० सम्म) र क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत छुट (रु. ५०० सम्म) को लाभ उठाउन सक्नेछन् ।
वर्षको अन्त्यमा सबैका लागि केही न केही आकर्षक छुट बोकेको उत्कृष्ट अनलाइन सेल आउँदै गरेको बताउँदै दराजले उपभोक्तालाई आफ्नो क्यालेन्डरमा २५ डिसेम्बरमा चिन्ह लगाउन अनुरोधपनि गरेको छ ।
दराज ग्रुपका बारेमा:
सन् २०१५ मा स्थापित दराज, दक्षिण एशियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । दराजले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा प्रदान गर्दछ । कम्पनीले ५० करोड जनसंख्या भएको तीव्र रूपमा बढ्दो क्षेत्रलाई लक्षित गर्दै अत्याधुनिक बजार प्रविधि उपलब्ध गराउँदै आइरहेको छ । ई–कमर्स, लजिस्टिक्स, भुक्तानी र वित्तीय सेवाहरूको एकीकृत पूर्वाधार निर्माण गरेर, दराजले विशिस्त व्यक्तिगत किनमेल अनुभव प्रदान गर्न र दक्षिण एशियाली समुदायहरूको आर्थिक विकासमा सहयोग पु¥याउने लक्ष्य राखेको छ ।
Comments are closed.