पोखरा उद्योग वाणिज्य संघमा आवद्ध बस्तुगत समितिको बैठक सम्पन्न

पोखरा । पोखरा उद्योग वाणिज्य संघमा आवद्ध विभिन्न बस्तुगत समितिको बैठक सम्पन्न भएको छ । फेन्सी तथा रेडिमेड व्यवसायी संघको कार्यालयमा बैठक बसेको हो ।

पोखरा उद्योग वाणिज्य संघको बस्तुगत समन्वय समितिका संयोजक पुथ्वीराज तिमल्सेनाले पोखरा उद्योग वाणिज्य संघले आफुलाई दिएको जिम्मेवारी पुरा गर्नको लागी उद्योग वाणिज्य संघमा आवद्ध विभिन्न वस्तुगत समितिका अध्यक्ष लगायत पदाधिकारी तथा सदस्यसँग सल्लाह सुझाव लिएर काम गर्ने बताए ।

पोखरा उद्योग वाणिज्य संघका सदस्य तथा बस्तुगत समन्वय समितिका सदस्य मनोहरी पौडेलले बस्तुगत व्यवसायीका समस्याहरु आफुहरुले वाणिज्य संघको हरेक बैठकमा राख्ने गरेको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले आउँदो माघ १० देखि १७ गतेसम्म आयोजना गर्न लागेको राष्ट्रिय औद्योगिक व्यापार मेला एंव आईटी महोत्सवलाई सफल पार्न विभिन्न बस्तुगत समितिलाई उनको आग्रह् छ ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका सदस्यहरु तथा बस्तुगत समन्वय समितिका सदस्यहरु दुर्गा बराल तथा सुर्यराज घिमिरेले पोखरा उद्योग वाणिज्य संघमा आवद्ध विभिन्न २९ वटा बस्तुगत समितिहरु मिलेर आइपर्ने समस्यहरु समाधान गर्दे जानुपर्ने बताएका छन् । भेटघाट तथा अन्र्तक्रिया कार्यक्रममा आएका सुझावलाई उद्योग वाणिज्य संघको बैठकमा पेश गर्ने जनाएका छन् ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघमा आवद्ध विभिन्न बस्तुगत समितिका अध्यक्ष लगायत प्रतिनिधिले विभिन्न सुझाव दिएका छन् । पोखरा उद्योग वाणिज्य संघले माघ १० देखि १७ गतेसम्म आयोजना गर्न लागेको राष्ट्रिय औद्योगिक व्यापार मेला एंव आईटी महोत्सवलाई सफल पार्न आफुहरुले सयोग गर्ने प्रतिवद्धता प्रकट गरेका छन् ।

फेन्सी तथा रेडिमेड व्यवसायी संघका अध्यक्ष एकनारायण पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष नवराज त्रिपाठीले स्वागत, सञ्चालन संघका महासचिव नारायणी दवाडीले गरेकी हुन् ।

lcci
You might also like

Comments are closed.