पाल्पा महोत्सव सुरु, स्थानीय उत्पादन र संस्कृतीमा आकर्षण

रामपुर (पाल्पा) । पाल्पाको बगनासकाली गाउँपालिका–१, चिलाङ्दीमा पाल्पा महोत्सव सुरु भएको छ । कुटुम्ब मिडिया नेटवर्क प्रालिको आयोजना र बगनासकाली गाउँपालिकाको प्रवद्र्धनमा महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा स्थानीय उत्पादन र विभिन्न समुदायका संस्कृतिमा दर्शकको आकर्षण बढेको छ । पाल्पामा लोपोन्मुख अवस्थामा रहेका कला संस्कृतिको उजागर गर्दै संरक्षण गर्ने, स्थानीय स्तरमा उत्पादित कृषि तथा घरेलु उद्यमलाई प्रवद्र्धन गर्दै बजारीकरण गर्नका लागि महोत्सव आयोजना गरिएको आयोजक समितिका संयोजक नारायण न्यौपानेले जानकारी दिए ।

फोटो प्रदर्शनी, स्थानीय कला संस्कृतिको संरक्षण, झ्याउरे, सोरठी, रत्यौली, बालन, भजन, कौरा, मारुनी, लाखे, पञ्चेवाजा, लोपोन्मुख कुमाल, बोटे लगायतका विभिन्न समुदायको संस्कृतीलाई उजागर गर्न, स्थानीय उत्पादनलाई प्रवद्र्धन, पर्यटकीय स्थलको प्रचार प्रसारका लागि मेला सञ्चालन गरिएको छ ।

महोत्सवको मन्त्री परिषद्का अध्यक्ष एव पूर्व प्रधान न्यायधीस खिलराज रेग्मीले मंगलवार शुभारम्भ गरेका हुन् । उनले मेला महोत्सवमा गाउँघरमा उत्पादित वस्तुको प्रदर्शन तथा बजारीकरण गर्ने र फरक–फरक समुदायको संस्कृति प्रदर्शन गरिने भएकाले यसले आर्थिक क्षेत्रमा मात्र नभई कला संस्कृति संरक्षणमा ठूलो सघाउ पुग्ने बताएका छन् ।

महोत्सवमा करिव एक लाख ५० हजार दर्शकले अवलोकन गर्ने र मेला अवधीभर रु ३ करोडको कारोबार हुने अनुमान गरिएको छ । बगनासकाली डान्स आईडलमार्फत प्रतिभा पहिचान गरिनेछ । घरेलु, कृषि, व्यापारिक स्टल गरी १५० स्टल छन् । यही पुस ९ देखि सुरु भएको महोत्सव १८ गतेसम्म चल्नेछ ।

 

lcci
You might also like

Comments are closed.