पोखरा । भू.पू. मिलन केन्द्र पोखरा–२६ को विहिबार सम्पन्न चौंथो साधारण सभा तथा दोस्रो अधिवेशनले राजु अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
केन्द्रको उपाध्यक्षमा वसन्त बञ्जरा, सचिवमा टिका बहादुर केसी, सहसचिवमा नारायण रानाभाट, कोषाध्यक्षमा विरबहादुर रानाभाट, सहकोषाध्यक्षमा राम राजभाट र सदस्यहरुमा तारानाथ पौडेल, मनप्रसाद अधिकारी, जागेश्वर पौडेल चयन भएका छन् ।
त्यसै गरी सल्लाहकारहरुमा पुर्व अध्यक्ष हितबहादुर थापा, निवर्तमान अध्यक्ष दल प्रसाद थापा, भिम प्रसाद लामिछाने, पोखरा–२६ वडा सदस्य तिर्थ राजभाट र ओम बहादुर वञ्जरा चयन भएका छन् ।
Comments are closed.