काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्स प्रालिद्वारा आयातित डोङफेङ नामीले नेपालमा आफ्नो अत्याधुनिक शोरुमको भव्य उद्घाटन गरेको छ । यो कोशेढुङ्गाले असाधारण सेवा र व्यापक ग्राहक अनुभवप्रति नामीको प्रतिबद्धतालाई जोड दिन्छ । यसै अवसरमा नामीले सीमित समयका अफरहरू सहितको मेगा टेस्ट ड्राइभ क्याम्प पनि सुरु गर्दैछ ।
उद्घाटन समारोहमा डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्ल्यू वृद्धि समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एमएडब्ल्यू वृद्धिका एमडी विवेक सिकरिया र एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्त लगायत प्रमुख व्यक्तित्वहरू सँगै नामीका ग्राहकहरू र मिडिया क्षेत्रका व्यक्ति सहभागी थिए । अगस्ट, २०२४ मा वाइल्ड रिपर्ज, सबिन राई र फारोको प्रस्तुति र फेसन शो सहितको सफल सुरुवात पछि नामीले नेपालमा छोटो समयमै लोकप्रियता हासिल गरेको छ । यो नौलो लन्च इभेन्टले उल्लेखनीय चर्चा पाएको थियो र यसले नामीको बलियो बजार प्रवेशको लागि मार्गप्रशस्त गरेको थियो ।
सुरुवातको एक महिना भित्रै नामीले ४०० भन्दा बढी ग्राहकहरू प्राप्त गरिसकेको छ । यसले नेपाली बजारमा नामीको बलियो माग देखाउँछ । नयाँ शोरूमको उद्घाटन आफ्ना सवारी साधनहरू बुक गरिसकेका ग्राहकसँग उत्सव मनाउने उत्तम अवसर पनि बनेको छ । कार्यक्रममा नामीको सिल्भर कलर भेरियन्टको पनि उत्सवमय लन्च गरिएको थियो । हस्तान्तरण कार्यक्रममा केक काट्ने रमाइलो समारोहको आयोजना गरिएको थियो भने त्यसलगत्तै नयाँ सुविधाहरूको औपचारिक भ्रमण पनि गरिएको छ ।
ग्राहकलाई बहुआयामिक अनुभव प्रदान गर्ने गरी नयाँ शोरूमको डिजाइन गरिएको छ, जसले नामीका सुविधाहरू प्रदर्शन गर्दै विशेषज्ञ परामर्श प्रदान गर्दछ । निर्बाध रूपमा आफ्टर सेल्स सर्भिस पनि प्रदान गर्दछ । ग्राहकले अब जानकार कर्मचारीसँग अन्तरक्रिया गर्दै आधुनिक र सहज वातावरणमा नामी अन्वेषण गर्न र यस ब्रान्डको प्रत्यक्ष अनुभव गर्न सक्नेछन् ।
“नेपालमा हाम्रो अत्याधुनिक शोरूम खोल्न पाउँदा हामी रोमाञ्चित छौं” एमएडब्ल्यू वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालले भने,–“यसले हाम्रो बढ्दो ग्राहक आधारलाई उत्कृष्ट सेवा दिन सघाउँछ भन्नेमा हामी विश्वस्त छौं” ।
मेगा टेस्ट ड्राइभ क्याम्पः नामीको प्रत्यक्ष अनुभव गरौँ
नक्सालको नागपोखरीमा रहेको नयाँ शोरूममा जनवरी ११ देखि १६ सम्म आयोजना हुने गरी मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा गरिएको छ । यो क्याम्पले सम्भावित ग्राहकलाई नामीको प्रत्यक्ष अनुभव लिने अवसर प्रदान गर्नेछ । ग्राहकले “नाउ अर नेभर” मेगा अफरबाट फाइदा लिन सक्छन्, जसमा ७ किलोवाटको वाल चार्जर र आकर्षक नगद छुट समावेश छ ।
यसबाहेक, ग्राहकले गाडीको टेस्ट ड्राइभ गर्दा रोमाञ्चक गिफ्ट ह्याम्पर र बुकिङ गर्दा नगरकोटको होटल कन्ट्री भिल्लामा निःशुल्क नाइट स्टे गर्न पाउनेछन् । ग्राहकले आफ्नो पुरानो गाडी साट्न र राम्रो एक्सचेन्ज मूल्यमा नयाँ नामी घर लैजान पनि सक्नेछन् ।
Comments are closed.