पोखरा । अवैधरुपमा पोखरामा बस्दै आएका रसियन नागरिकलाई प्रहरीले पक्राउ गरेकोछ । पर्यटन प्रहरी कार्यालय पोखराबाट खटिएको एक टोलीले नागरिकता, पासपोर्ट र भिसा लगायतका कुनै पनि कागजात बिना बस्दै आएका रसियन नागरिक निकोलाय ओलेगबीच भोर्नेभलाई पोखरा ६ खहरेबाट पक्राउ गरेको हो ।
पोखराको पर्यटकीय स्थल लेकसाइड क्षेत्रमा माला, क्यूरियो लगायतका सामग्री बेचबिखन तथा अन्य गतिविधिमा संलग्न रहेका उनलाई आवश्यक कार्वाहीको लागि अध्यागमन कार्यालय पोखरामा बुझाएको प्रहरीले जनाएकोछ । पक्राउ परेका उनलाई अध्यागमन विभाग काठमाडौं पठाइएको छ ।
Comments are closed.