काठमाडौं । नेपालमा उपलब्ध सर्वाधिक रेन्ज ६२० किमी दिने स्काईवेल ईटि५, जि मोटर्सबाट चितवन महोत्सवमा बुकिङ गरी महोत्सवबाट नै डेलिभरी भएको छ । चितवन महोत्सव २०८१ मा जि मोटर्स प्रालि स्काईवेलका विद्युत्तिय सवारीको आधिकारीक वितरकले व्यापार मेलाबाट स्काईवेलको १ करोड़ माथिको नेपालकै सर्वाधिक रेन्ज ६२० किमी दिने प्रिमियम इभी ईटी ५ महोत्सवबाट डेलिभरी गरिएको हो ।
यस बुकिङलाई जि मोटर्स प्रालिका बिजनेस हेड युगप्रसाद रिमालले स्काईवेलको प्रिमियम ईभी डेलिभरी गरेको कम्पनीका कार्यकारी निर्देशक पारशमणी गेलालले जानकारी दिए । चितवन महोत्सव २०८१ मा उपलब्ध इभीमा स्काईवेलकै प्रिमियम र लङ्ङ्ग रेन्ज नेपालको बाटोमा १९७ यमयम ग्राउन्ड किल्यरेन्स भएको एवम् सबैभन्दा बढी रेन्ज दिने र धेरै सुविधा सम्पन्न जिप त्यो पनि ईभीमै प्राप्त र युरोपियन बजारमा अब्बल बिक्री रहेको गुणस्तरयुक्त सवारी साधन रोजेकोमा ग्राहकलाई जि मोटर्स प्रालिका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले धन्यवाद दिएका छन् ।
आगामी दिनमा हाम्रो यस प्रालिले चितवन क्षेत्रको बजारलाई मुख्य बजारको रुपमा लिएर अगाडी बढ्ने एवम् एकदम चाँडै सेल्स, शोरुम, सर्भिस र पाटर््स चितवनका ग्राहकलाई सहज रुपमा उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । साथै बिक्री गरेका १५० किलोवाट पावर र उच्च ग्राउन्ड क्लियरेन्स भएको यस प्रिमियम ईभीले नेपाली बजार एवन् ग्राहकमा सकारात्मक प्रभाव प्रदान गर्नेमा आफु विश्वस्त रहेको छ ।
हाल नेपालमा १४० वटा भन्दा बढी स्काईवेलका इटि५–६२० किमि प्रिमियम बिद्युतिय यसयुभि बिक्री वितरण भइसकेका छन् भने चितवन महोत्सवमा ५ भन्दा बढी बुकिङ रहेको छ । ईटि५, बिई ११ मोडेलमा हाल कम्पनी सँग ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रिमियम यसयुभि विक्रीका लागी उपलब्ध रहेका छन् ।
नेपाली ग्राङ्कले युरोपियन बजारमा अत्याधिक रुचाइएको स्काईवेलका प्रिमियम सवारीको गुणस्तर परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भु–भागमा सहजै यात्रा गर्न सकिनेछ । स्काईवेल ६५ भन्दा बढी देशमा जर्मनी, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्कि, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रिमियम सवारी उत्पादक कम्पनी हो ।
Comments are closed.