काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक भएको बताएका छन् ।
“ग्रामिण पर्यटन प्रवद्र्धनका लागि सिक्लेस महोत्सव” को नारा सहित कास्कीको मादी गाउँपालिका १ स्थित सिग्लेस गाउँमा आयोजित माघे सङ्क्रान्ति मेला–२०८१ तथा सिक्लेस युवा क्लबको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले आर्थिक विकासका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको धारणा राखेका छन् ।
नेपालमा पर्यटनको अथाह सम्भावना रहेको बताउँदै उनले पर्यटनबाट देशको समग्र अर्थतन्त्र चलायमान बनाउन, रोजगारी सिर्जना गर्दै आर्थिक विकास गर्न सकिने बताए । सिक्लेसमा नयाँ केवुलकार निर्माणको चरणमा रहेको र केवलकार निर्माणसंगै त्यस क्षेत्रको पर्यटनमा नयाँ आयाम थपिने समेत उनी बताउँछन् ।
“सिक्लेस एउटा आर्कषक पर्यटकीय गन्व्यका रुपमा देश तथा विदेशमा प्रख्यात नै छ, यद्यपी केवुलबार निर्माणले सिक्लेसमा नयाँ पर्यटकीय पूर्वाधार थपिनेछ, केवलकारको निर्माण यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा उल्लेखनीय योगदान पु¥याउने मात्र नभई समग्र क्षेत्रको पर्यटन प्रवद्र्धन, आर्थिक विकास र समृद्धिका लागि सहयोगी बन्ने छ” उनले भने ।
सिक्लेस देखि कोरीसम्म बन्ने नयाँ बन्ने केवुलकारको लागि प्रकृयागत कामहरु सकिइसकेको जानकारी दिए । अध्यक्ष ढकालले पर्यटनको लागि स्थानीय कला, संस्कृतिको संरक्षण आवश्यक रहेको बताउँदै कला र संस्कृति संरक्षणका लागि स्थानीय युवा क्लबको भूमिकाको सराहना गर्दै निरन्तरताको लागि शुभकामना व्यक्त गरेका छन् ।
मेलाको उद्घाटन गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले पर्यटनलाई आर्थिक विकासको आधार रहेको उल्लेख गरेका छन् । पूर्वाधार विकास तथा अन्य सहजीकरणका लागि सरकार सधैं तयार रहेको उनी बताउँछन् ।
गुरुङ जातीको बाहुल्यता रहेको सिक्लेस गाउँ कास्कीको मादी गाउँपालिका–१ मा पर्दछ । पर्यटकीय गाउँ सिक्लेसबाट नजिकै अन्नपूर्ण र लमजुङ हिमश्रृंखला देख्न सकिन्छ । सिक्लेस पोखराबाट करिब ४० किमिको दूरीमा कास्कीको उत्तरपूर्वि भेगमा पर्दछ ।
Comments are closed.