रुपन्देही । रुपन्देहीको देवदहमा देवदह नगरपालिका स्तरीय अन्तर विद्यालय दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८१ शुरु भएको छ । देवदह नगरपालिकाको आयोजना र केरवानी माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको प्रतियोगिताको एक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले उद्घाटन गरेका हुन् ।
प्रतिनिधि सभा सदस्य विश्वकर्माले खेलको माध्यमबाट राष्ट्रको पहिचान बनाउन सकिनेमा जोड दिए । पुर्वमन्त्री समेत रहेका सांसद विश्वकर्माले खेलाडीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउदै राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगिताले सहयोग गर्ने बताए । देवदह नगर प्रमुख धु्रवप्रसाद खरेलले खेलकुदको विकासको लागि नगरपालिकाले विभिन्न योजना अगाडि सारेको दावी गरे । खेलकुदको विकासको लागि भौतिक पुर्वाधार निर्माणको लागि नगरपालिका लागिरहेको बताउदै राष्ट्रिपति रनिङ्ग शिल्डले खेलाडी उत्पादनमा विशेष योगदान दिने उनी बताउँछन् ।
माघ ३ देखि ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देवदह क्षेत्रमा रहेका २७ वटा विद्यालयका ८४३ खेलाडीले ४२ ईभेन्टमा प्रतिस्पर्धा गर्ने केरवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगानाले जानकारी दिए । प्रतियोगिता अन्र्तगत एथ्लेक्टिसतर्फ २६ ईभेन्ट, भलिवलतर्फ २ वटा ईभेन्ट, कवड्डीतर्फ २ वटा ईभेन्ट र करातेतर्फ १२ वटा ईभेन्ट हुने ढुंगानाले बताए । सोही अवसरमा गत बर्षको विजेता विद्यालय देवदह माध्यमिक विद्यालयले केरवानी माध्यमिक विद्यालयलाई रनिङ्ग शिल्ड हस्तान्तरण गरिएको छ । प्रतियोगिता अन्र्तगत पहिलो दिन विभिन्न खेलहरु सम्पन्न भएका छन् ।
छात्रातर्फ भएको भएको लम्जङ्गमा जनता माविका आशा दगौरिया प्रथम, सगरमाथा आवासीय माविका रोशनी थापा द्धितिय, जनप्रिय माविका पूर्णिमा थारु तृत्तीय भएका छन् । सोही खेलको छात्रतर्फ प्रगति माविका पवन पासी प्रथम, कोलिय ईङलिस बोडिङ्गका प्रविन रञ्जितकार द्धितिय, ग्रीन प्लान्ट आवासीय माविका अविरल सुनारले तृत्तीय स्थान प्राप्त गरेका छन् । यसैगरी छात्र सटफुटतर्फ भएको खेलमा सगरमाथा आवासीय माविका अञ्जना विक प्रथा, देवदह बुद्ध पव्लिकका अनिस झेडी द्धितिय, जनप्रिय माविका रिम्स गौतम तृत्तीय भएका हुन् ।
सोही खेलको छात्रातर्फ भविश्य निर्माण माविका विना श्रीष प्रथम, सगरमाथा आवासीय माविका कृष्टि पौडेल द्धितिय, जनप्रिय माविका खिमा खत्री तृत्तीय स्थान ओगटेका छन् । त्यसैगरी १५ सय छात्रतर्फको दौडमा बुद्ध पव्लिक आवासीय माविका आशिष अग्रहरी प्रथम, मदर टङ्गस एकेडेमीका अरुणा विके द्धितिय, नारायणयी पव्लिकका सन्तराम पासी तृत्तीय भए । छात्रतर्फ भएको सोही खेलमा युगज्योति माविका आयुस्मा खत्री प्रथम, देवदह बुद्ध पव्लिकका सिम्रन पाण्डे द्धितिय, देवदह बोडिङ्ग स्कुलका संगीता थापा तृत्तीय भएको छन् ।
यसैगरी भलिवल प्रतियोगिताको विभिन्न खेलहरु सम्पन्न भएको छ । छात्रतर्फ भएको भलिवल खेलमा एशियनलाईट बोडिङ्ग र देवदह बुद्ध पव्लिक दोश्रो चरणमा प्रवेश गरेको छ । खेलमा देवदह बुद्ध पव्लिकले युगज्योति माविलाई सोझो सेटमा हराउदै दोश्रो चरणमा प्रवेश गरेको हो । एशिनलाई बोडिङ्ग स्कुलले देवदह मदरङ्गस एकेडेमीलाई २–१, को सेटमा हराउदै दोश्रो चरणमा प्रवेश गरेको हो ।
छात्रातर्फ भएको भलिवल प्रतियोगितामा सगरमाथा आवासीय मावि, कोलिय ईङलिस बोडिङ्ग स्कुल र सिता मावि दोश्रो चरणमा प्रवेश गरेको छ । देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागत र केरवानी माध्यमिक विद्यालयका शिक्षक यज्ञप्रसाद न्यौपानेको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थीले मार्चपास समेत गरेका थिए ।
Comments are closed.