बुल मसिन इन्डियाको आधिकारिक बिक्रेता अटोवेज प्रालिको धनगढीमा शाखा शुभारम्भ

काठमाडौं । बुल मसिन इन्डिया प्रालिको नेपालको आधिकारिक बिक्रेता अटोवेज प्रालिले आफ्नो शाखा कार्यालय धनगढी उपमहानगरपालिकाको वडा नं. १३ बाट शुभारम्भ गरेको छ । शुक्रवार एक औपचारिक कार्यक्रमका बीच अटोवेज प्रालिकी निर्देशक शन्ध्या पौडेल, बिक्री प्रमुख बाबुराम खनाल र निर्माण व्यवसायी संघ धनगढीका अध्यक्ष टेकबहादुर मल्लले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् ।

अटोवेज प्रालि नेपालको पोखरामा मुख्य कार्यालय रही विभिन्न व्यवसायमा लगानी गरेको एक अग्रणी औद्योगिक घराना हो । पोखरामा अटोबेज प्रालिले मणिपाल टिचिङ अस्पताल, स्विफ्ट ट्राभल, होटेल, हाइड्रोपावर, प्रतिभा कलेज र बिगत २५ बर्ष देखि अटो व्यवसाय अन्तर्गत टोयोटा र आयसर लगायत गाडीहरू र कोमात्सु मेसिनको बिक्रि वितरण गर्दै आइरहेको छ ।

शाखा उद्घाटनका अवसरमा निर्देशक पौडेलले बिक्रि र बिक्रि पछिका सम्पूर्ण सेवाको शुभारम्भ एकै स्थानबाट उपलब्ध हुने बताइन् । निर्देशक पौडेलले आगामी एक बर्ष भित्रमा नेपालका प्रमुख शहरमा अटोवेजको शाखा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरिन् । साथै २४ घण्टा ¥यापिड एक्सन टिम सर्भिसको लागि नेपालको जुनसुकै भुभागमा पुग्न तयारी अवस्थामा रहेको समेत उनले जनाइन् ।

हाल पोखरामा मुख्य कार्यालय रही काठमाडौं कर्पोरेट कार्यालय रहेको अटोवेजको काठमाडौं, चितवन, बुटवल, इटहरी र दाङमा यस अगाडि नै शाखा बिस्तार भइसकेको छ । बुल इन्डियाबाट उत्पादित ४५ हर्ष पावर देखि १०० हर्ष पावरका ब्याकु लोडर, लोडर लगायत विभिन्न निर्माण कार्यमा प्रयोग हुने कन्ट्रक्सन इक्युप्मेन्टहरु शाखाबाट बिक्रि वितरण हुनेछन् ।

कर्पोरेट कार्यालयको उद्घाटन गर्दै निर्माण व्यवसायी संघ धनगढीका अध्यक्ष मल्लले नेपालभरी यसको प्रभावकारी सेवा विस्तारको शुभकामना दिएका छन् । अटोवेज ग्रुपका अध्यक्ष नारायणप्रसाद पौडेलले शुभकामना सन्देश पठाउँदै आजसम्म ग्राहकले अटोवेजप्रति देखाएको विश्वासले नै आजको दिन यस स्थानमा पुगेको बताए । आगामी दिनमा ग्राहकको मन जितेर काम गर्ने उनी बताउँछन् ।

उद्घाटन कार्यक्रममा बुल इन्डिया प्रालिका कन्ट्री हेड राकेश पण्डित, धनगढीका विभिन्न व्यवसायिक घरानाका प्रतिनिधि, निर्माण व्यवसायी संघका प्रतिनिधि लगायत सहभागी थिए ।

lcci
You might also like

Comments are closed.