पोखरा । पोखरा पंक्षी समाजको आयोजनामा पोखरामा बिहीबारदेखि दोस्रो चरा उत्सव शुरु भएको छ । उत्सव अन्तर्गत बिहीबार चित्रकला प्रतियोगिता र चरा गाइडका लागि तालिम भएको छ । उत्सवको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोख्रेलले उद्घाटन गरे ।
चरा उत्सवमा नेपालका चरा विद्ध, चरा संरक्षणमा काम गर्ने संरक्षण कर्मी, पर्यटन व्यवसायी, नेपाल सरकारका प्रतिनिधिहरुसँग चरा उत्सवको बारेमा छलफल हुनेछ । असार २१ गतेसम्म सञ्चालन हुने उत्सवमा विभिन्न विषयका सेसनहरुमा छलफल र फोटो प्रर्दशनी हुनेछ ।
नेपालमा आउने पर्यटक मध्ये ८ प्रतिशत पर्यटक चरा हेर्न आउने भएकाले यस्ता पर्यटकको आगमन बढाउन र चरा संरक्षणमा सरोकारवालालाई ध्यानाकर्षण गर्न आवश्यक रहेको पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए । उनले पर्यटन व्यवसायी र अन्यलाई यो विषयमा बुझाएर चरा पर्यटन बढाउन सहयोगी हुने बताए । उनले पोखरामा ४ सय ६७ प्रजातिका चरा रेकड भएको बताए ।
चरा चिनाउने चरा गाइडले दिनमै एक सय डलर शुल्क लिने भएकोले पनि यस्ता पर्यटकको विकास गर्न सके धेरै युवाले रोजगार पाउने पोखरा पंक्षी समाजका सचिव हेमन्त ढकालले बताए । पोखराका अष्ट्रियन क्यम्पबाट अंग्रेजी महिनाको सेप्टेम्बर देखि डिसेम्बर महिना सिकारी प्रजातीका चरा बसाई सराई गरेको देख्न सकीन्छ ।
यस्ता चरा देखाउन विदेशी पर्यटक आकर्षण गर्न सकीने भए पनि यसबाट फाइदा लिनसक्नु पर्ने उनले बताए । चरा सम्बन्धी फोटो प्रर्दशनी शुक्रबार विहान १० बजे देखी लेकसाइडको गौरीघाटमा हुने उनले बताए ।
Comments are closed.