नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढ्यो, कारोबार रकम साढे ६ अर्बभन्दा बढी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढेर २ हजार ६०७ दशमलव ९९ को विन्दुमा कायम भएको हो । आज ३११ कम्पनीको एक करोड ३६ लाख ७७ हजार ९८३ कित्ता शेयर ७४ हजार ४०३ पटक खरिदबिक्री हुँदा रु ६ अर्ब ५७ करोड ४ लाख ७७ हजार ८८६ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ समूह ० दशमलव २०, विकास बैंक ० दशमलव ६०, वित्त ० दशमलव ५३, जलविद्युत् ० दशमलव ०२ र लघुवित्त समूह ० दशमलव ०४ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । होटल तथा पर्यटन शून्य दशमलव १२, लगानी ० दशमलव ६०, जीवन बीमा ० दशमलव ०४, उत्पादन तथा प्रशोधन १ दशमलव ६८, म्युचुअल फन्ड ० दशमलव ०९, निर्जीवन बीमा ० दशमलव २३, व्यापार १ दशमलव ०६ र अन्य समूह २ दशमलव १३ प्रतिशतले बढेको छ ।

आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सबैभन्दा धेरै ९ दशमलव ०५ प्रतिशतको वृद्धि देखिएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै रिभर फल्स पावर लिमिटेडको रु २४ करोड एक लाख ८८ हजार ४०४ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमालयन पावर पार्टनर लिमिटेडको ३ लाख ७७ हजार ६४६ कित्ता शेयर कारोबार भएको छ ।

lcci
You might also like

Comments are closed.