काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आज बजार खुल्दा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु ११ सयले बढेको छ ।
सोमबार प्रतितोला रु १ लाख ५७ हजारमा खरिदबिक्री भएको प्रतितोला सुन आज रु १ लाख ५८ हजार १ सयमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदी प्रतितोला रु १५ बढेको छ । सोमबार प्रतितोला रु १ हजार ८६० मा खरिदबिक्री भएकामा आज रु १ हजार ८७५ मा किनबेच भइरहेको छ ।
अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस २४ दशमलव ५६ अमेरिकी डलर बढेर २ हजार ७२७ दशमलव ७६ अमेरिकी डलर कायम भएको छ ।
Comments are closed.