काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ११ दशमलव १० अङ्कले घटेर २ हजार ६५४ दशमलव ३५ मा कायम भएको छ ।आज ३१८ कम्पनीको १ करोड ५१ लाख ४ हजार ३३ कित्ता शेयर ८४ हजार ७ पटक खरिदबिक्री हुँदा रु ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार ३२६ को कारोबार भएको हो ।
आज ८६ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ४९ को घटेको छभने ८ वटा कम्पनीको शेयर मूल्य स्थिर छ । सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै सुपर मादी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंकको रु ३० करोड ८९ लाख २९ हजार ६५ बराबरको शेयर किनबेच भएको छ भने कारोबार भएका शेयर सङ्ख्याका आधारमा हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रोमोटरको पाँच लाख सात हजार ३११ कित्ता शेयर खरिदबिक्री भएको छ ।
Comments are closed.