यशोदा फुड्सको कार्यकारी निर्देशकमा जीपी शाह नियुक्त

काठमाडौं । यशोदा फुड्स प्रालिले आफ्नो नयाँ ग्लोबल कार्यकारी निर्देशकका रूपमा जीपी शाहलाई नियुक्त गरेको घोषणा गरेको छ ।  काठमाडौको सोल्टीमोडस्थित हायात सेन्ट्रिकमा एक सम्मान समारोहको आयोजना गर्दै यशोदा पूmड्सले सो घोषणा गरेको हो ।

समारोहमा औद्योगिक क्षेत्रका विशिष्ट व्यक्ति, व्यावसायिक साझेदार र मिडिया प्रतिनिधिको बाक्लो उपस्थिति रहेको थियो । यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले खादा र फूलको गुच्छासहित जीपी शाहलाई ग्लोबल कार्यकारी निर्देशक रुपमा सम्मान गर्दै स्वागत गरेका हुन् । ग्लोबल कार्यकारी निर्देशकको पदमा शाहको नियुक्तिसंगै यशोदा फुड्सको नयाँ र उत्साहजनक अध्यायको सुरुवात भएको कम्पनीको भनाइ छ ।

उनले आफ्नो दीर्घ अनुभव र रणनीतिक दृष्टिकोणका माध्यमबाट कम्पनीलाई नयाँ उचाइ प्रदान गर्नेमा कम्पनी विश्वस्त रहेको छ । ग्लोबल कार्यकारी निर्देशकको भूमिकामा उनले नवीनतम योजनाको नेतृत्व गर्दै घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा समेत कम्पनीको उपस्थिती अझ मजबुत बनाउने अपेक्षा गरिएको छ । ग्लोबल कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका शाहले व्यवसायलाई नयाँ जीवन्तता प्रदान गर्ने, बजार बृद्धि, अन्तर्राष्ट्रिय बजार विस्तार, ब्राण्ड बिल्डिंग, व्यवसायको कार्यगत क्षमताको विस्तार तथा बृद्धि, संस्थागत विकास र टिम बिल्डिङका लागि ख्यातिप्राप्त व्यक्तित्व हुन् ।

कम्पनीले आफ्नो परम्परागत विरासतलाई कायम राख्दै खाद्य पदार्थ क्षेत्रमा नवप्रवर्तन भित्राउने उद्देश्य लिएको छ । कम्पनी सदाझैँ आफ्ना उत्पादनको गुणस्तर र ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्दै नेपाली अर्थतन्त्रमा समेत उल्लेखनीय योगदान पु¥याउन प्रतिबद्ध रहेको कार्यक्रममार्फत जानकारी दिइएको छ । साथै, निकट भविश्यमा खाद्य उत्पादनका साथै एफएमसीजी उत्पादनहरु पनि सार्वजनिक गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा बार्षिक टर्नओभर १ सय करोड भन्दा माथि भएको यशोदा फुड्सले भारत, क्यानेडा, अमेरिका, बहराइन, कूवेट, यूएई, जापान, यूके, ईटाली, मलेसिया, अस्ट्रेलिया, कोरिया, भूटान, हङकङ, कतार, सिंगापोर, न्यूजिल्यानड लगायत १५ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्ने गरेको छ ।

You might also like

Comments are closed.