कोरियन भाषा सिकाउने संस्थाहरु संगठित हुँदै

पोखरा । कोरियन भाषा सिकाउने संस्थाहरुको भेला पोखरामा सम्पन्न भएको छ । कोरियन भाषा सिकाउने संस्थाहरु संस्थागत रुपमा आबद्ध भएर काम गर्न दुई दिनसम्म भएको भेलाले नयाँ कार्यसमिति गठन गरेको छ ।

सन्तोष पाण्डे अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा जगन्नाथ न्यौपाने, नारायण थापा (निसान्त), सपराज राई, सचिवमा योजेन्द्र वाग्ले, सह–सचिवमा हरि कँडेल, उदयराम जैसी, रुद्र फुँयाल र कोषाध्यक्षमा टंकप्रसाद चयन भएका छन् । सदस्यमा जयराम आचार्य, यामप्रसाद पाण्डे (आशिष), जीवनकुमारी राई, सुशीलप्रसाद कुसवाहा र प्रकाश नेपाली रहेको निर्वाचन मण्डलका संयोजक रामचन्द्र लामिछानेले जानकारी दिए ।

विश्व भाषा क्याम्पस कोरियन भाषा विभाग प्रमुख थानेश्वर बन्जाडेले राष्ट्रिय भेलाको उद्घाटन गर्दै कोरियन भाषा प्रशिक्षण केन्द्रले पु¥याएको योगदानको प्रशंसा गरेका छन् । नेपालमा २ सय भन्दा बढी कोरियन भाषा प्रशिक्षण केन्द सञ्चालित रहेको कोरियन भाषा संघ नेपालले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष पाण्डेले आफूलाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गर्ने सबैलाई धन्यवाद दिएका छन् । सबैलाई समेटेर संस्थालाई अगाडि बढाउने बताउँदै अध्यक्ष पाण्डेले संस्थाको विकासमा सबैको साथ, सहयोग, सल्लाह र सुझावको अपेक्षा गरेका छन् ।

कोरियन भाषा प्रशिक्षण गराउने संस्थाको क्षमता विकास, उनीहरुको हकहितको संरक्षण गर्ने तथा कोरियन भाषा प्रशिक्षणलाई व्यवस्थित बनाउन संस्थागत रुपमा काम गर्ने नवनिर्वाचित उपाध्यक्ष नारायण थापा (निसान्त) बताउँछन् ।

You might also like

Comments are closed.