चार्जिङ नेटवर्क विस्तार गर्दै एमएडब्लु वृद्धि, नेपालभरी ८६ विद्युतीय सवारी साधन चार्जिङ स्टेशन स्थापना

काठमाडौं । दिगो गतिशीलता समाधानमा अग्रणी कम्पनी एमएडब्लु वृद्धिले नेपालभरी कुल ८६ विद्युतीय सवारी साधन चार्जिङ स्टेशनहरू स्थापना गरेको छ । पर्यावरण–मैत्री यातायात अपनाउने प्रतिबद्धता अनुरुप यी ईभी चार्जिङ स्टेसनको स्थापना गरिएको हो ।

निकट भविष्यमा थप १०० चार्जिङ स्टेशनहरू थपेर नेटवर्कलाई अझ विस्तार गर्ने योजना बनाइरहेको कम्पनीले पहुँचयोग्य र कुशल ईभी पूर्वाधारको लागि बलियो जग खडा गरिरहेको छ । CCS2- कम्प्याटिबल चार्जिङ नेटवर्क कुशल ईभी पूर्वाधारको बढ्दो माग पूरा गर्ने दिशामा एक उत्कृष्ट कदम हो । यसले हरियाली र स्वच्छ भविष्यको लागि एमएडब्लु वृद्धिको दृष्टिकोणलाई सघाउँछ र व्यक्ति एवम् व्यवसायलाई विद्युतीय सवारी साधनमा स्विच गर्न सजिलो पनि बनाउँछ ।

कुशल चार्जिङ सुविधाको व्यापक उपलब्धताले दिगो गतिशीलतालाई प्रवद्र्धन गर्नुका साथै देशलाई वातावरणीय रूपमा जिम्मेवार यातायाततर्फ परिवर्तन गर्दछ । यस रणनीतिक विस्तारसँगै एमएडब्लु वृद्धिले नेपालको ईभी इकोसिस्टमलाई सुदृढ पार्दैछ । साथै, ईभी मालिकको लागि पहुँच निर्माण गर्दै दिगोपनको संस्कृतिलाई पनि अगाडि बढाइरहेको छ ।

कम्पनीले आफ्नो अग्रगामी दृष्टिकोण अनुरुप थप ईभी पूर्वाधारको बढ्दो मागलाई पूरा गर्नेछ । यसले वातावरणमा कार्बन उत्सर्जन घटाउँदै विद्युतीय सवारी साधनको व्यापक अपनत्वलाई पनि सक्षम बनाउनेछ । एमएडब्लु वृद्धिको यो उपलब्धिले कम्पनीको नवीनता र वातावरणको हेरचाहप्रतिको बलियो प्रतिबद्धतालाई चित्रण गर्दछ । बढ्दो नेटवर्कसँगै समुदाय र उद्यमलाई हरित भविष्य अँगाल्न आवश्यक पर्ने कुराहरू प्रदान गर्न कम्पनी प्रतिबद्ध छ ।

फोटोन नेपाल र एमएडब्लू वृद्धि ग्रुपको बारेमा :
फोटोन नेपाल संचालन गर्ने एमएडब्लु वृद्धि एमएडब्लु समूह र वृद्धि समूह बीचको साझेदारी हो । जसले सन् २०१४ देखि नेपालभरी अन्तर्राष्ट्रिय अटोमोटिभ ब्रान्डको प्रतिनिधित्व गर्दै आएको छ । व्यावसायिक र विद्युतीय सवारी साधनमा विशेषज्ञता हासिल गर्दै एमएडब्लु वृद्धिले फोटोन, सोकोन, सेरेस, नामी र चांगन जस्ता ब्रान्डको प्रतिनिधित्व गर्दै भरपर्दो स्टक, सजिलै उपलब्ध पार्टपुर्जा र गुणस्तरीय सेवा सुनिश्चित गर्दछ ।

You might also like

Comments are closed.