काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोे एक दिवसीय बिक्री परिवर्तन सत्र सम्पन्न भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो त्रैयमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको छ ।
कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले नेपाल लाइफ जीवन बीमा उद्योगको मार्ग प्रदर्शकको रुपमा रहेको र अहिले हासिल गरेको उपलब्धि भन्दा धेरै माथिको उपलब्धि ल्याउन सक्ने प्रचुर सम्भावना बोकेको बताए । नेपाल लाइफको टिम बीमा उद्योगमा नै सबैभन्दा उत्कृष्ट रहेको र यस टिमको परिचालनले उद्योगमा आमूल परिवर्तन ल्याउनेमा आफू निर्धक्क रहेको र सो लक्ष्य प्राप्तिका निम्ति सहजकर्ताको भूमिका निर्वाह गर्न सञ्चालक समिति सकारात्मक रहेको उनले जनाएका छन् ।
प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले नेपाली नागरिक बीच अझै पनि बीमा सम्बन्धी सचेतना पर्याप्त रुपमा नपुगेको हुँदा बीमा बजारमा प्रचुर सम्भावना रहेको बताए । कम्पनीले इनोभेटिभ प्रोडक्टहरू मार्केटमा ल्याइरहेको र आगामी दिनमा पनि यस्ता प्रोडक्टहरु मार्केटमा ल्याएर बीमा बजारको विस्तारमा भूमिका निर्वाह गर्नका निम्ति कार्यारम्भ भइसकेको उनी बताउँछन् ।
कम्पनीको उच्च व्यवस्थापनले दिएको मार्गदर्शनलाई अवलम्वन गर्दै जीवन बीमा बजारको बजारीकरण तथा बीमाको पहुँचलाई बढाई कम्पनीको विरासतलाई थप उचाइमा पु¥याउन कुनै काम बाँकी नराखेर कार्यसम्पादन गर्न सबै नेपाल लाइफकर्मी तयार रहेको नेशनल सेल्स हेड उमापति पोखरेलले बताए ।
Comments are closed.