जापानीज ‘डिएचसी’ ब्रान्डको कस्मेटिक प्रडक्ट नेपाली बजारमा लोकप्रिय

काठमाडौं । डिएचसी ब्राण्डको कस्मेटिक प्रडक्ट नेपाली बजारमा लोकप्रिय बनेको छ । जापानको उत्कृष्ट उत्पादन मानिने डिएचसी ब्राण्डको कस्मेटिक्स प्रडक्ट हिमाञ्चल ट्रेडिङ प्रालिले नेपाली बजारमा भित्र्याएको हो ।

यो प्रिमियम ब्राण्ड हो । बिगत ३ वर्षदेखि नेपाली बजारमा यस डिएचसी ब्राण्डका प्रडक्ट बिक्री वितरण भइहेको छ । काठमाडौं उपत्यकाभित्र २० भन्दा बढी र उपत्यका बाहिर ३० भन्दा बढी डिलरहरु मार्फत नेपालभरका बजारमा यो प्रडक्ट उपलब्ध छ ।

बिशेषगरी कस्मेटिक पसलहरु र ब्युटीपार्लर लगायत सौन्दर्यसँग सम्बन्धित व्यापार व्यवसायमा यो प्रडक्ट लोकप्रिय बनिरहेको छ । यो प्रडक्ट स्वस्थकर पनि रहेको कम्पनीले दाबी गरेको छ । क्लिन्जिङ वेल लगायत २४ भन्दा बढी ब्युटी प्रडक्ट डिएचसीले नेपाली बजारमा उपलब्ध गराएको छ ।

नेपाली वातावरण सुहाउँदो प्रडक्टलाई मात्र नेपालमा ल्याइएको प्रालिका प्रवन्ध निर्देशक नारायणप्रसाद न्यौपानेले जानकारी दिए । फेसलाई असर नगर्ने, साइड इफेक्ट नगर्ने मेडिकेटेड ब्राण्ड रहेको प्रालिका म्यानेजर सन्दिप घोरासैनीले बताए ।

यसअघि विभिन्न व्यापार व्यवसायमा आवद्ध रहेको यस समूहले जापानीज ब्युटी प्रडक्टलाई नेपालमा बिक्री वितरण गरिरहेको छ । यो समूहले नेपालका विभिन्न प्रडक्टलाई जापानमा निर्यात समेत गरिरहेकोे प्रालिले जनाएको छ ।

You might also like

Comments are closed.