पोखरामा लायन्सको आयोजनामा महिला गोष्ठी हुँदै

पोखरा । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे, नेपालले पोखरामा महिला गोष्ठी गर्ने भएको छ । आउँदो माघ २६ गते शनिबार गोष्ठी गर्न लागिएको हो ।

समानता र समावेशीकरणलाई बढावा दिने लक्ष्यलाई अगाडि बढाउन विभिन्न क्षेत्रमा उल्लेखनीय कार्य गरेका महिलाको उत्प्रेरक सत्रसहितको महिला गोष्ठी गर्न लागेको कार्यक्रम संयोजक डिष्ट्रिक्ट को–अर्डिनेटर लायन अरुणा शेरचनले जानकारी दिइन् ।

सिटी बैंङ्क्युट न्युरोड पोखरामा आयोजना हुने गोष्ठीको तयारी भइरहेको आयोजकले जनाएको छ । सामुदायिक विकास र सशक्तीकरणको क्षेत्रमा लायन्स इन्टरनेशनल ३२५ जे, नेपालले प्रतिवद्ध भएर काम गरिरहेको छ ।

महिलालाई नेतृत्व तहमा ल्याउन, महिलाले पनि अवसर पाएमा सशक्त ढंगले जिम्मेवारी निभाउन सक्छन् भन्ने सन्देश लायन्स इन्टरनेशनल ३२५ जे, नेपालले दिने गरेको डिष्ट्रिक गर्भनर लायन मिलन थापा बताउँछिन् ।

लायन्स क्लब अफ पोखरा समर्पणका अध्यक्ष अर्चना कर्माचार्यले महिला सशक्तीकरणका लागि कार्यक्रम प्रभावकारी हुने बताउँदै पोखराका सबै क्लब मिलेर कार्यक्रम गर्न लागिएको जानकारी दिइन् ।

You might also like

Comments are closed.