आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ६ महिनामा ४ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ४ अर्ब २० करोड ६९ लाख ५६ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने एक अर्ब ४ करोड ३७ लाख बढी राजस्व सङ्कलन गरेको हो ।

आन्तरिक राजस्व कार्यालय वीरगञ्जका कार्यालय प्रमुख टिकाराज चौलागाईले गत आवको तुलनामा चालु आवमा राजस्व सङ्कलन उत्साहजनक रहेको जानकारी दिए । ‘‘चालु आवको ६ महिनाको अवधिमा अन्तःशुल्क मदिरातर्फको राजस्व सङ्कलनमा वृद्धि भएको छ,’’ उनले भने ।

कार्यालयले चालु आवको ६ महिनाको अवधिमा अन्तःशुल्क मदिरातर्फ १ अर्ब ४६ करोड ७३ लाख राजस्व सङ्कलन गरेको छ । जबकी गत आवको सोही अवधिमा भने अन्तः शुल्क मदिरातर्फ भने ९२ करोड ८७ लाख राजस्व सङ्कलन गरेको थियो । कार्यालयले चालु आवको ६ महिनाकै अवधिमा अन्तःशुल्क अन्य औद्योगिक उत्पादनतर्फ भने ३१ करोड ९० लाख राजस्व सङ्कलन गरेको छ ।

गत आवको सोही अवधिमा भने १८ करोड ७३ लाख रकम अन्तःशुल्क अन्य औद्योगिकतर्फ राजस्व सङ्कलन गरेको थियो । कार्यालयले चालु आवमा आयकर प्राइभेट लिमिटेडतर्फ भने २३ करोड ३६ लाख राजस्व सङ्कलन गरेको छ । जबकी गत आवको सोही अवधिमा भने १६ करोड ९८ लाख राजस्व सङ्कलन गरेको थियो ।

चालु आवको ६ महिनाको अवधिमा आयकर व्यक्तिगत वा एकलौटी तर्फबाट ८७ करोड ६४ लाख राजस्व सङ्कलन ग¥यो भने गत आवको सोही अवधिमा भने ४७ करोड १२ लाख ५५ हजार राजस्व सङ्कलन गरेको थियो ।

You might also like

Comments are closed.