काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको कारोबार मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु १ हजार ६०० ले बढेर रु १ लाख ६८ हजार ५०० कायम भएको छ ।
छापावाला सुन बुधबार प्रतितोला रु १ लाख ६६ हजार ९०० मा कारोबार भएको थियो । त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला रु १ हजार ९८० तोकिएको महासङ्घले जनाएको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला रु १ हजार ९७५ मा कारोबार भएको चाँदी आज प्रतितोला रु ५ ले बढेको हो ।
Comments are closed.