काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्ट्सका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले धनगढी, नेपालगञ्ज र सुर्खेतमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्ससँग भेटघाट तथा छलफल कार्यक्रम गरेको छ ।
नेपाल ल्युब आयल लिमिटेडका आधिकारिक पार्टनर धनगढीको सयपत्री स्टोर्स, नेपालगञ्जको रवी ट्रेडर्स र सुर्खेतको दिपु एण्ड दर्शना अटो पाट्र्सको सहकार्यमा आयोजना भएको कार्यक्रममा सयौँको सङ्ख्यामा नयाँ तथा पुराना बिक्रेता र मेकानिक्स सहभागी थिए ।
धनगढीमा सम्पन्न कार्यक्रममा नेपाल स्वतः मेकानिकी ट्रेड युनियनका केन्द्रीय सदस्य रामनरेश चौधरी, नेपाल स्वतः मेकानिकी ट्रेड युनियन क्षेत्र नम्बर ‘घ’ का पूर्व अध्यक्ष रूपलाल चौधरी, नेपालगञ्जमा सम्पन्न कार्यक्रममा बाँके अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष नरेन्द्र ओली, उपाध्यक्ष सविन घिमिरे, सुर्खेतमा सम्पन्न कार्यक्रममा नेपाल स्वतः मेकानिकी ट्रेड युनियनका केन्द्रीय उपाध्यक्ष रतन न्यौपाने, नेपाल स्वतः मेकानिकी ट्रेड युनियन कर्णाली प्रदेशका प्रमुख मोहम्मद मिजन अन्सारी लगायत सहभागी थिए ।
रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स (पीजीएम) मीट कार्यक्रम अत्यन्त महत्वपूर्ण छ । कार्यक्रममा नेपाल ल्युब आयलका प्रादेशिक बजार व्यवस्थापक राजन रावल र घनश्याम ओलीले गल्फका विभिन्न उत्पादनको विस्तृत जानकारी प्रस्तुत गरेका थिए । छलफलकै क्रममा, यी सम्पूर्ण क्षेत्रमा गल्फ लुब्रिकेन्ट्सको माग अत्यधिक रहेको र ग्राहकको पहिलो रोजाइको ब्रान्डका रूपमा स्थापित भएको विषयमा सबै सहभागीले समर्थन व्यक्त गरेका छन् ।
गल्फ लुब्रिकेन्टका विभिन्न ठाउँमा अवस्थित रिटेलर तथा पीजीएमलाई सेल्सको आधारमा ‘बेस्ट रिटेलर सेल्स अवार्ड’ तथा ‘बेस्ट पीजीएम सेल्स अवार्ड’ प्रदान गरिएको छ । साथै आगामी दिनमा पनि सेल्सको आधारमा सो अवार्ड प्रदान गरिने कम्पनीले जनाएको छ । फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ । नेपालमा गल्फ ब्राण्ड बिगत ३८ बर्ष देखि लगातार ग्राहकको रोजाईमा पर्दै आएको छ ।
Comments are closed.