सनवे इन्टरनेशनल बिजनेस कलेजका २१४ विद्यार्थी दीक्षित, १६ जनालाई उत्कृष्ट अवार्ड

काठमाडौं । सनवे इन्टरनेशनल बिजनेस कलेजको दीक्षान्त समारोहमा २१४ विद्यार्थी दीक्षित भएका छन् । काठमाडौंमा एक समारोहका बीच दीक्षान्त समारोह सम्पन्न गरिएको हो । इन्फ्रास्ट्रक्चर युनिभर्सिटीबाट सम्बन्धन प्राप्त गरेको सनवे कलेजका मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन (एमबीए) र ब्याचलर अफ कम्प्युटर साइन्स (बीसीएस) मा स्तानक तह उत्र्तीण गरेका २१४ जना विद्यार्थी यसवर्ष दीक्षित भएका हुन् ।

मलेसियास्थित इन्फ्रास्ट्रक्चर युनिभर्सिटी क्वालालम्पुरबाट सम्बन्धन प्राप्त गरेको सनवे कलेजलाई त्रिभुवन विश्वविद्यालयले समकक्षता दिएको छ । दीक्षित विद्यार्थीलाई सनवे कलेजका अध्यक्ष विज्ञान श्रेष्ठ, डा. तुलिका मिश्र, सनवे कलेजका प्रिन्सिपल खुशाल रेग्मी, प्रमुख अतिथि कान्तिपुर टेलिभिजनका सिओओ सुरजसिंह ठकुरीलगायतले बधाई ज्ञापनसंगै डिग्री प्रदान गरेका हुन् । समारोहमा विभिन्न विधामा उत्कृष्ट १६ जना विद्यार्थीलाई अवार्डसहित विशेष सम्मान प्रदान गरिएको छ ।

मास्टरतर्फ बिजनेस एडमिनिस्ट्रेशनको सनवे उत्कृष्ट शैक्षिक प्रदर्शन अवार्डबाट विकास डुम्राकोटी, सनवे रिसर्च एक्सेलेन्स अवार्डबाट श्रीजन सुकमणी, सनवे फिनिक्स अवार्डबाट मनिषा शाक्य, सनवे उत्कृष्ट नेतृत्व पुरस्कार आयुषबहादुर श्रेष्ठ र सनवे स्पोट्र्स फ्यानाटिक अवार्ड सलभ थापालाई प्रदान गरिएको छ । कम्प्युटर विज्ञान स्नातकतर्फ सनवे उत्कृष्ट शैक्षिक प्रदर्शन अवार्ड उदितकुमार महतो, सौगात पौडेल र अमृता शर्माले प्राप्त गरेका छन् ।

यसैगरी, सनवे क्रिएटिभ एक्सिलेन्स अवार्डबाट मनोज श्रेष्ठ, सनवे फिनिक्स अवार्डबाट विशाल रुम्बा, सनवे स्पोट्र्स फ्यानाटिक अवार्ड रुष्ना श्रेष्ठले प्राप्त गर्न सफल भएका छन् । यो वर्ष सनवे इनर्जीजर अवार्ड सविन श्रेष्ठलाई दिइएको छ । सनवे लिडरसिप एक्सिलेन्स अवार्डबाट ६ जना सम्मानित भएका छन् । उदितकुमार महतो, भरतकुमार कपारी, विपिन नगरकोटी, मनोज श्रेष्ठ, केशव श्रेष्ठ र रुष्ण श्रेष्ठले सनवे लिडरसिप एक्सिलेन्स अवार्ड पाएका हुन् ।

कार्यक्रममा कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले दीक्षित विद्यार्थीलाई करियरमा आत्मानुशासनको महत्वपूर्ण भूमिक हुने उल्लेख गर्दै आत्मानुशासनको मुल्याङ्कन गरी कर्म गर्न प्रेरित गरेका छन् ।

You might also like

Comments are closed.