यती एअरलाइन्समा जन्ती जाँदा बेहुलाबेहुलीलाई निःशुल्क टिकट

काठमाडौं । यती एअरलाइन्सले विवाह महिनालाई विशेष बनाउँदै ‘यतीमा जन्ती’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत, जन्तीले यती एअरलाइन्समार्फत् यात्रा गर्दा बेहुला–बेहुलीले हवाई टिकट निःशुल्क प्राप्त गर्नेछन् ।

यस योजनाले हवाई यात्रामार्फत् जन्ती जाने परम्परालाई प्रवद्र्धन गर्दै यात्रुलाई थप सुविधा दिने उद्देश्य राखेको एयरलाइन्सले जनाएको छ । साथै, जन्तीका प्रत्येक सदस्यले ५ केजी थप ब्यागेज सुविधा समेत पाउनेछन् । योजना फागुन महिनाभर लागू हुनेछ ।

थप जानकारीका लागि यती एअरलाइन्सको ग्राहक सेवा नम्बर ०१–५९७००७४ मा सम्पर्क गर्न सकिनेछ ।

You might also like

Comments are closed.