नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको साधारण शेयर बाँडफाँड

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीका लागि जारी गरेको २ लाख २५ हजार कित्ता शेयर मंगलवार बाँडफाँड गरेको छ ।

कम्पनीको आफ्नो जारी पू्ँजी रु. ७५ करोडको ३० प्रतिशतले हुन आउने रु.२२ करोड ५० लाख रकम बराबरको प्रति शेयर अंकित मूल्य रु.१ सयका दरको कूल २२ लाख ५० हजार कित्ता साधारण शेयरमध्ये १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीका लागि गत माघ ८ देखि २२ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

सो अवधिभर प्राप्त हुन आएको रितपूर्वक ४५ हजार ९०६ आवेदनमध्ये जम्मा २२ हजार ५ सय आवेदकलाई “धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४” मा भएको व्यवस्थाको अधिनमा रहि मंगलवार निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको परिसरमा बाँडफाँड गरिएको हो ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.