फरक क्षमता भएका व्यक्तिलाई सहायता सामग्री सहयोग

रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकामा फरक क्षमता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध गराइएको छ । यहाँको रामपुर ७ मा बसोबास गर्ने फरक क्षमता भएका नौ जनालाई सहायता सामाग्री (ह्विलचियर) सहयोग गरिएको हो ।

पूर्ण अपाङ्गता भएका व्यक्तिलाई वडा कार्यालयले सो सामग्री उपलब्ध गराएको जनाएको छ । हिँँड्न नसक्ने र परिवारका सदस्यको सहयोगमा रहेका ‘क’ वर्गका पूर्ण अपाङ्गता भएका व्यक्तिमध्ये आवश्यकताको आधारमा वडामा रहेका बलबहदुर राना, लालप्रसाद पाठक, रामप्रसाद श्रेष्ठ, सन्जु पौडेल, पार्वती अधिकारी, रोहित सुनार, डुनाकला मानन्धर र सरिता विकलाई सहायता सामग्री (ह्वीलचियर) वितरण गरिएको वडाअध्यक्ष दोबराज तिवारीले जानकारी दिए ।

रु एक लाख ११ हजार बराबरको लागतमा सामग्री खरिद गरेर वितरण गरिएको वडा सचिव गिता लम्साल पौडेलले बताइन् । सो रकमध्ये वडा कार्यालयबाट अपाङ्गता सहायता सामग्री खरिद शीर्षकमा विनियोजित रु ५० हजार र जापानीज नागरिक काजुमासा काकीमी (ओकेबाजे) बाट रु ६१ हजार सहयोगमा सामग्री गरेर वितरण गरिएको छ ।

 

 

You might also like

Comments are closed.