जुत्ता व्यवसायी संघ कास्कीका सदस्यको दुर्घटना बीमा

पोखरा । जुत्ता व्यवसायी संघ कास्कीले आफ्ना सदस्यलाई १ लाख सम्मको दुर्घटना बीमा गरेको छ । संघले आफ्ना १२७ जना सदस्यलाई दुर्घटना बीमा गराएको हो । संघले नेपाल माईक्रो इन्स्योरेन्ससँग दुर्घटना बीमा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।

कुल बिमाङ्कन रकम रु १ करोड २७ लाख रहेको छ । सम्झौता अनुसार संघका हरेक सदस्यको प्रतिव्यक्ति १ लाखका दरले दुर्घटना बीमा भएको छ । संघका अध्यक्ष हेमकृष्ण श्रेष्ठले संघका सदस्यलाई विभिन्न खालका दुर्घटनाको जोखिम हुने भएकाले त्यस्तो जोखिम बहन गर्न आफ्ना सदस्यको बीमा गराइएको बताए ।

आफ्ना सदस्यहरु अकस्मात कुनै दुर्घटनामा परिहालेमा त्यसको बहन गर्न बीमा कम्पनीसँगको सहकार्यमा प्रति सदस्य १ लाखका दरले सबै सदस्यको बीमा गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । संघले आफ्ना सदस्यको क्षमता अभिवृद्धिका साथै स्वास्थ्य जोखिममा समेत सचेत रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ । सघंका उपाध्यक्ष लिलाम्बर सुवेदीको सयोजकत्वमा दुर्घटना बीमा सम्बन्धी सम्झौता गरिएको हो ।

You might also like

Comments are closed.