नाडा र नाडाका प्रादेशिक एशोसिएशनबीच अन्तरक्रिया सम्पन्न

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाका प्रादेशिक एशोसिएशन बीच रुपन्देहीमा अन्तक्र्रिया सम्पन्न भएको छ । कर तिर्ने व्यवसायीले सरकारी तहबाट यथोचित सम्मान पाउन नसकेको, सीमापारीबाट सामानसंगै अटोमोवाइल प्राविधिज्ञहरु समेत आउने गरेको र यसले साना व्यवसायीलाई नकारात्मक प्रभाव पार्ने गरेको जस्ता विषयमा छलफल भएको छ ।

नाडाका अध्यक्ष करण चौधरीले सरकारले हालै अध्यादेश मार्फत ल्याइएको ऐनबाट धेरै हदसम्म हाम्रा माग सम्बोधन भएको जानकारी दिए । सन्दर्भ मूल्यसूचि समय सापेक्ष बनाउन सरकारलाई निरन्तर रुपमा आग्रह गर्दै आएको र नाडाका विभिन्न मागलाई लिएर प्रधानमन्त्री कार्यालय लगायत सम्बद्ध मन्त्रालय र विभागमा भेटघाट र छलफल समेत गरिएको अध्यक्ष चौधरीले बताए ।

लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष गणेश भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रती र धन्यवाद नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले गरेका हुन् । लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष भट्टराईले नाडाका अध्यक्ष चौधरीलाई मायाको चिन्हो प्रदान गरेका छन् ।

यस्ता कार्यक्रमले नाडा र नाडा संस्थागत (प्रदेश) एशोसिएशनहरु बीचको सम्बन्ध थप सुदृढ र प्रगाढ हुदै जाने विश्वास नाडाले लिएको छ ।

You might also like

Comments are closed.