काठमाडौं । एमएडब्लू अर्थमुभर्स प्रालिले जेसिबि इन्डियासँगको सहकार्यमा जेसिबि एनएक्सटी सिरिजका नवीनतम एक्साभेटरहरू जेसिबि एनएक्सटी २२१ एलसिएम फ्युल मास्टर र जेसिबि एनएक्सटी २२५ एलसिएम ट्र्याक्ड एक्साभेटरहरू सफलतापूर्वक लन्च गर्ने भएको छ ।
ललितपुरको झम्सिखेल स्थित द प्लाजामा आयोजना हुने लन्च कार्यक्रममा सरकारी प्रतिनिधि, निर्माण उद्योगका अग्रणी, ग्राहक र डिलर लगायत सहभागी हुनेछन् । कार्यक्रममा मेसिनहरूको विशेष प्रस्तुतीकरण रहनेछ भने प्रदर्शनी पश्चात् जेसिबि एक्साभेटर खरिद गर्ने ११ जना ग्राहकलाई साँचो हस्तान्तरण गरिनेछ ।
कार्यक्रममा जेसिबि इन्डियाका सीईओ तथा एमडी दीपक शेट्टी र एमएडब्लू अर्थमुभर्स प्रालिका अध्यक्ष विष्णु अग्रवालको विशेष सहभागिता रहनेछ । “लिडर इन एक्साभेटर” भन्ने थिममा आधारित रहने शुभारम्भ कार्यक्रमले नेपालको विकासशील पूर्वाधार बजारको लागि अति उपयुक्त र टिकाउ उत्खनन मेसिनरी उत्पादन गर्ने व्ऋद्य को प्रतिबद्धतामा प्रकाश पार्नेछ ।
जेसिबि एनएक्सटी २२१ एलसी फ्युल मास्टरले उच्चतम ऊर्जा दक्षता प्रदान गर्दै जटिल उत्खनन् कार्यहरूमा प्रभावकारी कार्य गर्नेछ । जेसिबि एनएक्सटी २२५ एलसिएम ट्र्याक्ड एक्साभेटरले उत्पदकत्त्व वृद्धिका लागि असाधारण हाइड्रोलिक सुविधाहरू प्रदान गर्नेछ । यस उत्पादन लाइनले नेपालको सडक पूर्वाधार विकास, जलविद्युत र शहरी विस्तार परियोजनामा बढेको सार्वजनिक लगानीसँगै राष्ट्रिय पूर्वाधार परियोजनालाई अगाडि बढाउन व्यापक सहयोग गर्नेछ ।
जेसिबि एनएक्सटी शृङ्खलाको यो सुरुवात नेपालको निर्माण उद्योगलाई अत्याधुनिक मेसिनरी आपूर्ति गर्ने जेसिबिको समर्पणमा प्राप्त उपलब्धिको ताजा उदाहरणको रूपमा दरिने पक्का छ ।
Comments are closed.