तोलामा ७ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु ७०० ले वृद्धि भएको छ ।
मङ्गलबार प्रतितोला सुन रु १ लाख ६८ हजार ७०० मा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज बढेर प्रतितोला रु १ लाख ६९ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला रु १ हजार ९७० मा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस २ हजार ९१४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
You might also like

Comments are closed.