सामसङले बनाउँदै नेपालकै पहिलो राष्ट्रिय स्पोर्ट्स लिगलाई उत्कृष्ट

काठमाडौं । नेपालको पहिलो राष्ट्रिय स्पोट्र्स च्याम्पियनसिप बिहिवार देखि दशरथ रङ्गशाला काठमाडौंमा शुरु भएको छ । यो प्रतियोगितामा नेपालका उत्कृष्ट स्पोट्र्स खेलाडीहरू पब्जी मोबाइल, मोबाइल लेजेन्ड्सः ब्यांग ब्यांग, ई–फुटबल लगायतका ६ प्रमुख ई–गेमिङ टाइटलहरूमा प्रतिस्पर्धा गरिरहेका छन् ।

नवीनतम प्रविधि र नवचारको अगुवाइ गर्ने सामसङ यस ऐतिहासिक इभेन्टको प्रमुख भाग बन्न पुगेको छ, जहाँ प्रोफेसनल गेमरहरूले हालैमात्र सार्वजनिक गरिएको ग्यालेक्सी एस२५ अल्ट्रामा प्रतिस्पर्धा गरिरहेका छन् भने प्रतियोगिताको ई–फुटबल ग्रान्ड फिनाले सामसङ ग्यालेक्सी एस२५ अल्ट्रामा खेलिनेछ ।

यस इभेन्टमा दर्शकका लागि सामसङ एक्सपिरिएन्स जोनहरू पनि उपलब्ध छन्, जहाँ दर्शकले सामसङका नवीनतम उपकरणहरू, र विशेष गरी ग्यालेक्सी एस२५ सिरिजलाई, प्रत्यक्ष रूपमा अनुभव गर्न सक्नेछन् । सामसङ सधैँ उच्च–प्रदर्शनयुक्त उपकरणहरू प्रदान गर्दै मोबाइल गेमिङ अनुभवलाई नयाँ स्तरमा पु¥याउन प्रतिबद्ध रहेको सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले बताए ।

स्पोट्र्स प्रतिस्पर्धाहरू मात्र नभइ यो इभेन्टमा दर्शकको मनोरञ्जनका लागि वाङ्देन शेर्पा, कुमा सागर जस्ता चर्चित कलाकारको प्रस्तुति तथा फुड स्टलहरू, इन्टरएक्टिभ एक्सपिरियन्स जोनहरू र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू समेत समावेश गरिएका छन् ।

You might also like

Comments are closed.