विद्यार्थीसँग छिट्टै साथी बनिदिन्छिन् नेहा

पोखरा विश्वविद्यालय बाट भर्खरैै ग्राजुएट भएकी नेहा बिजुक्छे अहिले कंगारु एजुकेशन फाउण्डेसनमा एसिस्टेन्ट काउन्सिलर भएर सेवा प्रदान गरिरहेकी छन् । अँग्रेजी भाषामा दख्खल नेहा कंगारुमा एसिस्टेन्ट काउन्सिलर छन् । उनले अहिले आफ्नै उमेरका विद्यार्थीलाई सल्लाह सुुझाव दिँदै परामर्श सेवा प्रदान गरिरहेकी छन् । ‘अष्ट्रेलियाको काउन्सिलिङ पार्ट बढी हेर्छु,’ उनी भन्छिन्, ‘विद्यार्थीलाई नजिकबाट बुझेर र विद्यार्थीलाई आफैले छानेर परामर्श दिँदा आफूलाई अत्यन्त सन्तोष लाग्छ ।’

विदेश अध्ययन गर्न जाने कुरा एकै छिनको सोचाइ नभइ धेरै समय लिएर सोच्नुपर्ने भएकाले विद्यार्थी आफैले अलिकति रिसर्च गर्नुपर्ने बताउँछिन् उनी । ‘अहिलेको समयमा रिसर्चको आवश्यकता छ,’ उनले भनिन्, ‘कुन कोर्ष पढेर के हुन्छ ? र त्यो कोर्ष पढेर आफूलाई केके फाइदा हुन्छ भनेर जान्न रिसर्च नै आवश्यक परेकाले मैले रिसर्चमा नै जोड दिन्छु ।’

कोर्ष तथा विश्वविद्यालय छनोटमा विद्यार्थीसँग कुराकानीमा जुट्न रमाउने उनी विद्यार्थीसँग छिट्टै साथी पनि बनिदिन्छिन् । जुन उनको खुबी हो ।

You might also like

Comments are closed.

Secret Link