काठमाडौं । रोटरी क्लब अफ काठमाडौं हेरिटेज र रोटरी क्लब अफ चेन्नई मेराकीबीच भागिनी क्लब सम्झौता भएको छ । रोटरी क्लब अफ काठमाडौं हेरिटेजको चार्टड डेको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा दुुई क्लबहरु बीच एक आपसमा सहयोग तथा सहकार्य गर्ने बिषयमा सम्झौता भएको हो ।
रोटरी क्लब डिष्ट्रिक ३२९२ का गभर्नर राजेन्द्रमान शेरचन, फस्र्ट लेडी सरोजिनी शेरचन, निवर्तमान गभर्नर राजेन्द्र ध्वजुु, पूर्व गभर्नर जया राज्य लक्ष्मी शाह, गभर्नर ईलेक्ट बिष्णुबहादुर कार्की लगायत अन्य विभिन्न डिष्ट्रिकका लिडर सहभागी थिए । कार्यक्रममा रोटरी क्लब अब चेन्नई मेराकीका अध्यक्ष साराभानासेल्भी, कार र्याली कोर्डिनेटर कोथाङगी सुचित्रा र कार र्याली चेयरम्यान शिवाबाला राजेन्द्रन तथा विभिन्न क्लबका अध्यक्षहरुको उपस्थितिका बीच रोटरी क्लब अफ काठमाडौं हेरिटेजका अध्यक्ष हेमाकुुमारी अधिकारी र रोटरी क्लब अब चेन्नई मेराकीका अध्यक्ष साराभानासेल्भीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
रोटरी क्लब अफ काठमाडौं हेरिटेजका प्रेसिडेन्ट ईलेक्ट कृष्णप्रसाद शर्माले संयोजन गरेको कार्यक्रम क्लबका सचिव डा. बुद्धि मल्लले सञ्चालन गरेका हुन् । कार्यक्रममा विभिन्न लेख, रचना तथा क्लबको गतिविधिहरु समावेश गरिएको रोटरी क्लब अफ काठमाडौं हेरिटेजको स्मारिका विमोचन गरिएको छ । चार्टर डेको औपचारीक कार्यक्रम सम्पन्न भएपछि प्लान्टेशन ड्राईभ भन्ने नाराका बबरमहलबाट गोकार्णेश्वरसम्म कार र्याली गरिएको जनाइएको छ । त्यसपछि रोटरी क्लब अफ गोकर्णेश्वरको समेत सहभागितामा राष्ट्रिय सहिद तथा शान्ति पार्क गोकर्णेश्वरमा बृक्षारोपन गरिएको छ ।
रोटरी क्लब अफ चेन्नई मेराकीका ३ जना सदस्यहरु १४ फेब्रुुअरीमा भारतको चेन्नईदेखि बातावरण सम्बन्धि जनचेतना जगाउने उद्धेश्यका साथ प्लान्टेशन ड्राईभको नारा लिएर नेपाल भ्रमणमा आउने क्रममा रोटरी क्लब अफ काठमाण्डौं हेरिटेजले पनि बातवरण संरक्षणलाई प्राथमिकतामा राखेकोले दुई क्लबहरुबिच भागिनी क्लब सम्झौता सम्पन्न भएको हो । उनीहरु २ मार्चमा चन्नाई पुग्नेछन् ।
Comments are closed.