पेट्रोनास लुम्ब्रिकेन्सका राइडर नवाङ मोक्तानलाई रेस नारीको उपाधि

काठमाडौं । पेट्रोनास लुम्ब्रिकेन्सका राइडर नवाङ मोक्तानले रेस नारीको उपाधि जितेकी छिन् । उनले शनिबार ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजना भएको रेस नारीको उपाधि जित्न सफल भएकी हुन् ।

प्रतियोगितामा फस्ट रनरअप सुरक्षा केसी र सेकेण्ड रनरअप निकिता गजुरेल बनिन् । नेपाल अटोमोबाइल्स एसोसिएसनको सहकार्यमा मोटर स्पोर्ट्स नेपाल क्लब नेपाल र मोटो वल्र्ड नेपालले आयोजना गरेको रेस नारीको उपाधि जितेर राइडर मोक्तानले आफ्नो किर्तिमानी कायम राखिन् । पेट्रोनास अन्तर्राष्ट्रिय स्तरको प्रिमियम ब्राण्डको लुम्ब्रिकेन्स हो । धेरै बाइक तथा गाडीमा प्रयोग हुँदै आएको छ । पेट्रोनासको नेपालका लागि आधिकारिक बिक्रेता त्रिथुङ्गा ट्रेडर्स प्रालि हो ।

यस्तै सीएफ मोटो २५० एनकेका राइडर दिलिप दनुवारले रेस वार्स जितेका छन् । रेस वार्समा २२ राइडरलाई पछि पार्दै राइडर दनुवारले रेस जितेका हुन् । प्रतियोगितामा केटीएम ड्युक २५० राइडर अभिनवराज मल्लले दोस्रो स्थान र केटीएम ड्युक २०० राइडर विवेक पाण्डेले तेस्रो स्थान हासिल गरेका छन् । प्रतियोगितामा विभिन्न बाइकमा सवार राइडरहरु प्रतिस्पर्धामा उत्रेका थिए ।

You might also like

Comments are closed.