फोहोरलाई व्यवस्थित बनाउन पोखरामा फोहोर सङ्कलन दौड सम्पन्न

पोखरा । पर्यटनको राजधानी पोखरामा फोहोर सङ्कलन दौड सम्पन्न भएको छ । घरबाट निस्कने दैनिक फोहोरलाई व्यवस्थित बनाउन आमजनमानसमा सकारात्मक सन्देश प्रवाह गर्न फोहोर सङ्कलन दौड आयोजना गरिएको हो ।

मैनादेवी फाउण्डेशन, पोखरा महानगरपालिका र ट्रागेट इन्टरनेशनल एजुकेशनको संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागीले उत्साहजनक रुपमा फोहोर सङ्कलन गरेका छन् । बजार क्षेत्रमा यत्रतत्र फालिएका फोहोरलाई सङ्कलन तथा व्यवस्थापन गरिएको छ ।

धेरै फोहोर सङ्कलन गर्नेलाई आयोजकले पुरस्कृत समेत गरेको छ । प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु २५ हजार र तृतीयलाई रु १५ हजार नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । बोरा र प्लाष्टिक बोकेर बजार क्षेत्रमा फोहोर बटुल्दै दौडिएको दृश्य आकर्षक बनेको थियोे ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि सहभागीता जनाउँदै यस अभियानमा साथ दिएका छन् । यस्ता क्रियाकलापले आफ्नो घरबाट निस्कने र घर वरपर रहेका फोहोरलाई आफै व्यवस्थापन गरेर गाउँघर, बजार, टोललाई सफा र सुन्दर वातावरण बनाउन आमजनमानसमा एउटा राम्रो सन्देश प्रवाह गरेको मुख्यमन्त्री पाण्डेले बताए ।

फोहोर व्यवस्थापनमा कार्यक्रमले राम्रो सन्देश दिएको टार्गेट इन्टरनेशनलका सञ्चालक भुवन क्षेत्रीले बताए । संस्थाले यस्तै रचनात्मक सामाजिक कार्यमा जोड दिएको उनी बताउँछन् ।

You might also like

Comments are closed.