इसेवा महा–उत्सवको विजेता रवि बम्जनलाई नामी कार हस्तान्तरण

ललितपुर । इसेवाले नेपालीको महान चाड दशैं, तिहार र छठको अवसरमा चाडपर्वको हर्षलाई थप उत्साहजनक बनाउने उद्देश्यका साथ ल्याएको इसेवा महा–उत्सव अफरको बम्पर उपहार नामीको कार हस्तान्तरण गरेको छ ।

विजया दशमीदेखि छठ पर्वसम्म करिब २ महिनासम्म चलेको यस अफरमा इसेवाबाट कुनै एक कारोबार गर्ने भाग्यशाली प्रयोगकर्तालाई बम्पर उपहार स्वरुप नामी कम्पनीको नयाँ इलेक्ट्रिक कार जित्ने मौका थियो । बम्पर उपहार विजेता हुन सफल भएका रवि बम्जनलाई आज एक औपचारिक कार्यक्रम गरी इसेवाका प्रमुख रणनीतिक अधिकारी रवि शाक्य र फाइनान्स प्रमुख सरोजकुमार घिमिरेद्वारा कार हस्तान्तरण गरेका छन् ।

इसेवाको यो अफर २०८१ सालको असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म चलेको थियो । हरेक कारोबारमा कार जित्ने मौकासँगै रु. १०० को खेल खेल्ने प्रयोगकर्तालाई आईफोन १६ जित्ने मौका र बिजुली बिल, खानेपानी, टिभी, आदिको बिल भुक्तानी गर्ने प्रयोगकर्तालाई ६५ इन्चको टिभी जित्ने मौका पनि रहेको जनाइएको छ । दैनिक फ्ल्यास सेल र साप्ताहिक हट डिल्स यस इसेवा महा–उत्सवमा थप आकर्षणका केन्द्र रहेको थियो भने इन्टरनेट बिल भुक्तानी गर्नेका लागि आईफोन १६ प्रो जित्ने मौका समेत समावेश गरिएको थियो ।

नामी कार विजेता रवि बम्जनले आफुले कार जित्ने कुरा कहिले नसोचेको र इसेवाबाट जानकारी पाउँदा सुरुमा त विश्वास नै नगरेको बताए । इसेवाको आधिकारीक पेजमार्फत सोबारे समाचार तथा विज्ञप्ती देखेपछि विश्वास लागेको उनी बताउँछन् । बम्जनले यस जितले आफ्नो जिवनमा स्तरोन्नती हुने भएकोमा खुशी व्यक्त गर्दै इसेवालाई धन्यवाद दिएका छन् । इसेवाबाट बिजुली तथा खानेपानी भुक्तानी, टपअप जस्ता विविध भुक्तानी सेवाले उनको जिवनलाई सहज बनाउँदै आएको र उनीजस्तै लाखौं मानिसको जिवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोले खुसि व्यक्त गरेका छन् ।

इसेवाका प्रमुख रणनीतिक अधिकारी रवि शाक्यले नामी कार हस्तान्तरण गर्दै विजेता रवि बम्जनलाई बधाई दिएका छन् । उनले यस अवसरमा ग्राहकको सहजता, सन्तुष्टि र वित्तीय सुरक्षा नै इसेवाको प्राथमिकता रहेको बताएका छन् । नेपालको पहिलो तथा अग्रणि डिजिटल वालेटको रुपमा स्थापना भएको इसेवाले नेपालको ७७ वटै जिल्लामा सेवा प्रदान गर्दै आएको छ ।

शहरी क्षेत्रमा मात्र सिमित नभई उपत्यका बाहेकका विभिन्न क्षेत्रमा सेवा प्रदान गर्न हाल देशभर इसेवाका ८ वटा शाखा कार्यालय तथा ३ वटा सम्पर्क कार्यालयहरू छन् । प्ले स्टोरमा १ करोड डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट इसेवामा १ करोड भन्दा बढी ग्राहक, २ लाख ७० हजार भन्दा बढी आधिकारिक प्रतिनिधिका साथै ४९ वटा बैंकहरू, ४५ वटा माइक्रोफाइनान्स संस्थाहरू र ५ लाख भन्दा बढी मर्चेन्टहरू आवद्ध रहेका छन् ।

 

 

You might also like

Comments are closed.