काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रमा प्रतिष्ठित ‘कर्पोरेट उत्कृष्टता २०२४ को लागि एचआरएम पुरस्कार’ बाट सम्मानित भएको छ ।
कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै आएको यस अवार्ड समारोहमा यस वर्ष २२ वटा विभिन्न विधामा अवार्ड वितरण भएकोमा यस विकास बैंकलाई ‘विकास बैंक, क्षेत्रीय बैंक र वित्त कम्पनीमा कर्पोरेट उत्कृष्टता २०२४’ विधामा सो अवार्डबाट सम्मान गरिएको हो ।
गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा द प्लाजा, ललितपुरमा कार्यक्रम आयोजना भएको हो । सो अवार्डको जुरी मेम्बरमा जुरी चिफ प्रो. डा. फत्तबहादुर केसी, फोनपे पेमेन्ट सोलुसन प्रालिका अध्यक्ष सशिन जोशी, नेपाल राष्ट्र बैंक पूर्व डाईरेक्टर सरिता अधिकारी र बरिष्ठ पत्रकार दिलभुषण पाठक रहेका थिए । यस उपाधिले आफ्ना ग्राहकलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यलाई थप टेवा पु¥याएको छ ।
आगामी दिनमा थप गुणस्तरीय एवं ग्राहकमैत्री बैंकिङ सेवा प्रवाह गरी बैंकलाई थप सवल बनाउन उत्प्रेरित र उत्तरदायी बोध गराएको छ ।हाल गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५० एटिएम साथै नविनतम डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।
Comments are closed.