काठमाडौं । नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टाइल ब्राण्ड लामिनार टाइल्सले अर्को कीर्तिमान कायम गर्दै देशकै पहिलो र एकमात्र फुल–बडी टाइल ‘सेन्टो’ संग्रहलाई सार्वजनिक गरेको छ ।
लामिनारले आफ्नो समग्र प्रिमियम संग्रहलाई विस्तार गर्दै ‘सेन्टो’ नामक अत्यधिक टिकाउ, बलियो र उत्कृष्ट गुणस्तरको फुल–बडी टाइल संग्रहलाई बजारमा ल्याएको छ । फुल–बडी टाइलहरू प्राकृतिक ढुंगाजस्तै सतह देखि पुरै अंश एउटै डिजाइनको हुने भएकोले सामान्य घर्षण वा चोइटिए पनि टाइलको रंग र बनावटमा कुनै फरक पर्दैन ।
लामिनार टाइल्सको उत्पादक, लुम्बिनी सेरामिक्सका प्रबन्ध निर्देशक आशुतोश खेतानका अनुसार पिइआई रेटिङ्ग ५ (जसले कुनै पनि टाइल्सको अत्याधिक दिगोपन र मजबुतीलाई जनाउँछ) भएका कारण ‘सेन्टो’ टाइलहरू उच्च आवातजावत हुने स्थानहरू जस्तैः विमानस्थल, शपिङ्ग मल, होटल, अस्पताल, पार्किङ, सडकपेटी लगायत अन्य व्यावसायिक र आवास क्षेत्रका लागि उपयुक्त छन् ।
आइएसओ र भारतीय मापदण्डअनुसार गरिएको आन्तरिक परीक्षणमा १५ मिलिमिटर सम्म मोटाइ भएका ‘सेन्टो’ टाइलले समान मोटाइका प्राकृतिक ग्रेनाइटको तुलनामा निम्न गुणस्तरमा उल्लेखनीय प्रदर्शन गरेका छन्,
S.No. | Attributes | CENTO Tile | Granite |
1. | Modulus of Rupture (MOR) | 50.29 N/mm² | 14.75 N/mm² |
2. | Breaking Strength | 6056 N | 1588.0 N |
3. | MOH’s Hardness | 9 | 3 |
4. | Surface Abrasion Resistance | Class 5 | Class 2 |
कम्पनीका अनुसार रासायनिक प्रतिरोध परीक्षणमा समेत ‘सेन्टो’ले प्राकृतिक ग्रेनाइटको तुलनामा उत्कृष्ट नतिजा देखाएको छ । यस टाइलले दाग प्रतिरोध, घरेलु र स्विमिङ पुलका रसायन प्रतिरोध, तथा उच्च र न्यून सघनता भएका अम्ल र क्षारको प्रतिरोध लगायतका सबै परीक्षणहरू पास गरेको छ । नेपाली उपभोक्ताको लागि अब घर वा कार्यालयका भर्र्याङका चिप्लिइने ग्रेनाइट वा मार्बलको विकल्पमा किफायती, कहिल्यै नखुईलिने, अधिक टिकाउ र दिगोका साथै अत्याधिक पकड सहितको ‘सेन्टो’ टाइल उपलब्ध भएको छ ।
‘सेन्टो’ फुल–बडी संग्रहलाई नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोको उद्घाटन समारोहको अवसरमा औपचारिक रूपमा सार्वजनिक गरेका थिए । आकर्षक डिजाइन र टिकाउपनाको संयोजनले यो संग्रह आर्किटेक्ट, इन्टेरियर डिजाइनर तथा व्यावसायिक र आवासीय परियोजनाका लागि उत्तम विकल्प बनेको छ ।
Comments are closed.